काठमाडौं, १२ साउन – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा फेरि निर्वाचन गर्ने कि मतगणनालाई नै निरन्तरता दिने भन्ने विवाद आज पनि टुंगो लागेन । सर्वोच्च अदालतले उक्त मुद्दालाई आज पनि हेर्दा हेर्दैमा राखेको छ ।
न्यायाधीशरु पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दाको अर्को सुुनुवाई आइतवार हुने छ । दुबै पक्षको बहस सकिएको छ । तर अझै प्रतिरक्षा बहस बाँकी रहेको छ ।