आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ले मोबाइल रिचार्जमा नयाँ अफर अध्यावधिक गरिएको छ ।
यसै सेवामा थप प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले मोबाइल रिचार्जमा थप २% क्यासब्याकको अफर ल्याएको कम्पनीले जनाएको छ ।
आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप–अप गर्दा ५% क्यासब्याक पाउने सुविधा थियो ।
यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाइल नम्बरमा टप–अप गर्दा २% क्यासब्याक पनि पाइने कम्पनीले जनाएको छ ।
यस क्यासब्याक अफरलाई अझ रमणीय बनाउन कम्पनीले एक जना भाग्यशाली बिजेतालाई यस अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो” स्मार्टफोन पनि उपलब्ध गराउने बताएका छन् ।
सोको निम्ती सेवाग्राहीले महिना भरी कम्तीमा रू. ५० को १० टप–अप गर्नु पर्ने नियम तथा सर्त कम्पनीले प्रस्टाएका छन् ।