०५ असार २०८३, शुक्रबार

साताको अन्तिम दिन नेप्से १.५ अंकले बढ्यो, बैंकिङ समुह अगाडी

कात्तिक २०, २०७४
साताको अन्तिम दिन नेप्से १.५ अंकले बढ्यो, बैंकिङ समुह अगाडी
काठमाडौं, १२ साउन - यो साताको अन्तिम दिनको सेयरबजार सामान्य उकालो लागेर बन्द भएको छ । शेयर बजार परिसुचक नेप्से साताको अन्तिम दिन बिहिबार १ दशमलव ५ अंकले बढेर १६४६ दशमलव ५३ अंकमा पुगेर बन्द भएको हो । कुल १ सय ४९ कम्पनीको एक अर्ब १५ करोड बराबरको सेयर खरिद बिक्री भएको छ ।


अघिल्लो दिनको तुलनामा कारोबार रकम १४ करोड कम हो । विहीबारको बजारमा बीमा, वित्त र जलविद्युत बाहेकका सबै सूचक सकारात्मक रहेका छन । बिहिबार बजार खुल्नासाथ ओरालो लागेको नेप्से कारोबार अवधिको मध्यतिर पुग्दा सम्हालिएर उकालो लागेको थियो । बिहिबार वाणिज्य बैंक समूहको सूचक ६ दशमलव १३ अंकले बढेपछि नेप्से घट्न पाएन, विकास बैंक, होटल, उत्पादन र अन्य समूहका सूचक समेत बढेका छन् । बीमा समूहको सूचक घटेपनि कारोबार रकममा भने वाणिज्य बैंक समूहलाई उछिनेको छ ।
यसदिन वाणिज्य बैंक समूहमा २२ करोड बराबरको कारोबार हुँदा बीमा समूहमा ५३ करोड बढीको कारोबार भयो । विहीबारको कारोबारमा प्रभु इन्स्योरेनसको सबैभन्दा धेरै ५ करोड ८५ लाख बराबरको सेयर किनबेच भयो । प्राइम लाईफ इन्स्योरेन्सको पनि ५ करोड बढीको सेयर किनबेच भएको छ । सगरमाथा इन्स्योरेन्स, नेपाल लाईफ, नेशनल लाइफ लगायतका कम्पनी उच्च कारोबार गर्नेको सूचिमा अगाडि रहेका छन ।

त्यसैगरी काबेली विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले बढेको छ । यस्तै हिमालयन डिष्टलरी,लुम्बिनी विकास बैंक र कालिका माइक्रोक्रेडिटको सेयरमूल्य पनि नौ प्रतिशत बढीले उकालो लागेको छ । मेरो माइक्रोफाइनान्स, ओरेन्टल होटल लगायतको सेयरमूल्य बढेको छ ।

अरुण फाइनान्सको सबैभन्दा धेरै ६ प्रतिशतले सेयरमूल्य घटेको छ । राष्ट्रिय बीमा कम्पनी रिलायन्स फाइनान्स, कुवेर मर्चेन्ट तथा सूर्य लाईफ इन्स्योरेन्स लगायतको सेयरमूल्य पनि घटेको छ । बजार खुलेको झण्डै डेढ घण्टापछि नेप्सेको वेभसाइट खुल्दा कारोबार अवधिभरी बजारबारे सहज जानकारी गानीकर्ताले लिन सकेनन् ।

बजार खुल्नासाथ ओरालो लागेको नेप्से कारोबार अवधिको मध्यतिर पुग्दा सम्हालिएर उकालो लागेको थियो । मध्यतिर बजार ७ अंक बढीले उकालो लागेपनि बन्द हुने समयसम्म आइपुग्दा डेढ अंक माथि खुम्चिएर बन्द भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्