०२ साउन २०८३, शनिबार

उत्तरतिर नाका खोलेबापत मलाई प्रधानमन्त्रीबाट हटाइन्छ भन्ने थाहा थियो : केपी ओली

उत्तरतिर नाका खोलेबापत मलाई प्रधानमन्त्रीबाट हटाइन्छ भन्ने थाहा थियो : केपी ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी सीमामा नाका खोलेका कारण आफूलाई २०७३ सालमा प्रधानमन्त्रीबाट हटाइएको बताएका छन् ।

२००८ सालमा मात्रिका कोइरालाले उत्तरी सीमामा भारतीय सैनिक क्याम्प राख्न गरेको सहमति कीर्तिनिधि विष्टले अस्वीकार गर्दा प्रधानमन्त्रीबाट हटाइएको प्रसंग उनले स्मरण गरे ।

पूर्व सचिव द्वारिकानाथ ढुंगेलले लेखेको ‘चक्रब्युहमा नेपालको जलस्रोत’ नामक पुस्तकको विमोचन कार्यक्रममा ओलीले राष्ट्रप्रतिको इमान्दार अडान लिँदा पद छाड्नु परे पनि तयार हुनुपर्ने बताए । राष्ट्रहितलाई तिलाञ्जली दिएर कुनै पनि काम गर्न नहुने उनले बताए । 

‘नाकाबन्दीको बेला उत्तरतिरबाट नाका खोलें, अब उप्रान्त नाकाबन्दी हुँदैन भनेर । त्यसपछि मलाई हटाइन्छ भन्ने थाहा थियो । भयो त्यस्तै । म फर्केर आएपछि उद्योग शुरू भयो, केही महिनामा उद्योग सफल भयो,’ ओलीले भने ।

ओलीले कांग्रेसको पालामा भएको टनकपुर सन्धिमा बेइमानी गरिएको आरोप लगाए । ‘टनकपुर सम्झौता २०४८ सालमा भयो, सम्झौतालाई सम्झौता होइन भनियो । दिल्लीमा बहसमै कुरा भयो, तपाईंहरूको संविधानमा धारा १२६ छ । त्यसलाई ध्यानमा राखेर एग्रिमेन्ट गरौं भनेर भन्दा समझदारीमा संविधानको धारा आकर्षित हुँदैन भनेर छल्ने काम भएको थियो,’ ओलीले भने । 

salt training

कमेन्ट गर्नुहोस्