२३ असार २०८३, मंगलबार

पर्सिदेखि मौसममा सुधार हुने

पर्सिदेखि मौसममा सुधार हुने
प्रतिकात्मक तस्वीर

आगामी बुधवारदेखि मौसम सुधार हुने भएको छ ।

बुधवारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीले बताइन् । 

उनका अनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ । यो क्रम बधुवारदेखि रोकिने जनाएको छ ।

अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको विभागले जनाएको छ । हाल देशका प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

राति देशभर सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । 

मंगलवार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्