२६ जेठ २०८३, मंगलबार

आजदेखि बिहान ११ बजेबाटै ई–पासपोर्टको लागि आवेदन दिन सकिने

आजदेखि बिहान ११ बजेबाटै ई–पासपोर्टको लागि आवेदन दिन सकिने

आजदेखि ई-पासपोर्टको अनलाइन आवेदन बिहान ११ बजेदेखि नै दिन सकिने भएको छ ।

राहदानी विभागले एक सूचना जारी गर्दै आजदेखि बिहान ११ बजेबाट आवेदन खुलाइने जानकारी गराएको हो । 

विभागले यसअघि साँझ साढे ४ बजेपछि मात्र आवेदन खुलाउँदै आएको थियो ।

हाल २ हजार ४ सय जनाको प्रि-इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरिएको छ ।

प्रि-इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्