०७ असार २०८३, आइतबार

मेयर बालेनको निर्देशनः अण्डरग्राउण्ड पार्किङ अन्य काममा प्रयोग गर्न नदिनू

मेयर बालेनको निर्देशनः अण्डरग्राउण्ड पार्किङ अन्य काममा प्रयोग गर्न नदिनू

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नक्सामा अण्डरग्राउण्ड पार्किङ पास गराएर अन्य प्रयोजनका लागि प्रयोग गरिएको भए हटाउन निर्देशन दिएका छन् । 

घरधनीले नक्सामा पार्किङ बनाउने उल्लेख गरे पनि त्यस ठाउँमा सटर हालेर पसलहरू राखिएको भेटिएको भन्दै उनले फरक प्रयोजनमा प्रयोग गरिएको भए हटाउन निर्देशन दिएका हुन् । 

यसअघि मेयर बालेनले बानेश्वर क्षेत्रको फुटपाथमा राखिएका पसल तथा विभिन्न सामान हटाउन निर्देशन दिएका थिए । सोहीअनुसार नगरप्रहरीले बानेश्वर क्षेत्रको फुटपाथमा राखिएको व्यापार तथा समान हटाएको थियो । मेयर बालेनले मंगलवार बिहान त्यस क्षेत्रको अवलोकन समेत गरेका छन् । 

अवलोकनका क्रममा मेयर बालेनले फुटपाथ सफा भएपछि अब फरक प्रयोजन प्रयोग गरिएका पार्किङ क्षेत्र खाली गराउन निर्देशन दिएका छन् । नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुइँटेलले मेयर बालेनले अण्डरग्राउण्ड पार्किङको नक्सा पास भएको घरमा भएको पसलहरू खाली गराउन निर्देशन दिएका थिए । 

यसअघि काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न आग्रह गरेको थियो ।
 

कमेन्ट गर्नुहोस्