२५ जेठ २०८३, सोमबार

प्रकाशलाई फिल्ममा अफरः भन्छन्–पहिले ‘परदेशी २’ आओस् अनि सोचौँला

दशैंसम्म नयाँ गीत नल्याउने
प्रकाशलाई फिल्ममा अफरः भन्छन्–पहिले ‘परदेशी २’ आओस् अनि सोचौँला
गीत रिलिज कार्यक्रममा निर्देशक नारायण रायमाझी, अभिनेत्री केकी अधिकारी र अभिनेता प्रकाश सपूत

गायक प्रकाश सपूतको परिचय अब सर्जक र गायक मात्र रहेन । उनको परिचयमा अभिनेता पनि थपिएको छ । 

उनको पहिलो चलचित्र ‘परदेशी २’ यही दशैंमा प्रदर्शनमा आउँदैछ । आफ्नो पहिलो चलचित्र प्रदर्शन मिति नजिकिँदै जाँदा उनी दंग छन् । किनकी, चलचित्रको अभिनेता बन्ने उनको बाल्यकालीन सपना हो । निर्माण टिमले चलचित्रको प्रचारप्रसार शुरू गरिसकेको छ । केही साताअघि ‘टिजर’ ल्याएको टिमले सोमबार मात्रै चलचित्रमा समावेश गीत ‘के वर मागी फक्र्यौ’ सार्वजनिक गरेको छ । 

गीत रिलिज कार्यक्रममा बोल्दै अभिनेता प्रकाशले आफू ‘परदेशी २’ रिलिजको व्यग्र प्रतिक्षामा रहेको बताए । उनले आफूलाई धेरै चलचित्रबाट अफरहरू आइरहेको पनि खुलासा गरेका छन् । ‘यो वर्ष पनि धेरै चलचित्रको अफर पाएको छु । अहिले पनि मेरो गाडीमा हेर्ने हो भने २ वटा स्क्रिप्ट छ । राम्रो टिमको स्क्रिप्ट हो’ उनले भने । उनले ‘परदेशी २’ प्रदर्शनमा आएपछि मात्रै अभिनयको सन्दर्भमा निर्णय लिने बताएका छन् । 

‘दर्शकले चलचित्रको नायकको रूपमा वा हिरोका रूपमा कत्तिको स्वीकार्नुहुन्छ त्यसमा निर्भर रहन्छ’ उनले अगाडि भने, ‘यो मेरो लागि एकदमै नयाँ बाटो हो । मेरो पहिलो चलचित्र भएको हुनाले सर्वप्रथम यसलाई नै प्राथमिकता दिन चाहान्छु ।’ दर्शकले चलचित्रको अभिनेताको रूपमा स्वीकारे अर्को वर्ष अन्य चलचित्रमा पनि देख्न पाउने बताए । 

दशैंसम्म नयाँ गीत नल्याउने

प्रकाले दशैंसम्म नयाँ गीत नल्याउने भएका छन् । आफ्नो पहिलो चलचित्र भएका कारण केही समय यसमै केन्द्रित हुने उनले बताए । उनले यसवर्ष तीज गीत पनि ल्याउने छैनन् । गतवर्ष उनको ‘कुरा बुझ्न पर्च’ बोलको तीज गीतले बजार तताएको थियो । गीत रिलिज कार्यक्रममा उनले भने, ‘मेरो सिर्जनात्मक समय ऊर्जा, र तनमन चलचित्र परदेशी २ मा लगाउनेछु ।’ 

नारायण रायमाझी निर्देशित ‘परदेशी २’मा प्रकाशसँगै केकी अधिकारी, वर्षा शिवाकोटी, दीलीप रायमाझी, प्रशान्त तामाङलगायतको मुख्य भूमिका छ । राजेश बंशल र नारायण रायमाझीको लगानी रहेको चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्