×

NMB BANK
NIC ASIA

प्रकाशलाई फिल्ममा अफरः भन्छन्–पहिले ‘परदेशी २’ आओस् अनि सोचौँला

दशैंसम्म नयाँ गीत नल्याउने

साउन १७, २०७९

NTC
Sarbottam
गीत रिलिज कार्यक्रममा निर्देशक नारायण रायमाझी, अभिनेत्री केकी अधिकारी र अभिनेता प्रकाश सपूत
Premier Steels
Marvel

गायक प्रकाश सपूतको परिचय अब सर्जक र गायक मात्र रहेन । उनको परिचयमा अभिनेता पनि थपिएको छ । 

Muktinath Bank

उनको पहिलो चलचित्र ‘परदेशी २’ यही दशैंमा प्रदर्शनमा आउँदैछ । आफ्नो पहिलो चलचित्र प्रदर्शन मिति नजिकिँदै जाँदा उनी दंग छन् । किनकी, चलचित्रको अभिनेता बन्ने उनको बाल्यकालीन सपना हो । निर्माण टिमले चलचित्रको प्रचारप्रसार शुरू गरिसकेको छ । केही साताअघि ‘टिजर’ ल्याएको टिमले सोमबार मात्रै चलचित्रमा समावेश गीत ‘के वर मागी फक्र्यौ’ सार्वजनिक गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गीत रिलिज कार्यक्रममा बोल्दै अभिनेता प्रकाशले आफू ‘परदेशी २’ रिलिजको व्यग्र प्रतिक्षामा रहेको बताए । उनले आफूलाई धेरै चलचित्रबाट अफरहरू आइरहेको पनि खुलासा गरेका छन् । ‘यो वर्ष पनि धेरै चलचित्रको अफर पाएको छु । अहिले पनि मेरो गाडीमा हेर्ने हो भने २ वटा स्क्रिप्ट छ । राम्रो टिमको स्क्रिप्ट हो’ उनले भने । उनले ‘परदेशी २’ प्रदर्शनमा आएपछि मात्रै अभिनयको सन्दर्भमा निर्णय लिने बताएका छन् । 


Advertisment
Nabil box
Kumari

‘दर्शकले चलचित्रको नायकको रूपमा वा हिरोका रूपमा कत्तिको स्वीकार्नुहुन्छ त्यसमा निर्भर रहन्छ’ उनले अगाडि भने, ‘यो मेरो लागि एकदमै नयाँ बाटो हो । मेरो पहिलो चलचित्र भएको हुनाले सर्वप्रथम यसलाई नै प्राथमिकता दिन चाहान्छु ।’ दर्शकले चलचित्रको अभिनेताको रूपमा स्वीकारे अर्को वर्ष अन्य चलचित्रमा पनि देख्न पाउने बताए । 

Vianet communication
Laxmi Bank

दशैंसम्म नयाँ गीत नल्याउने

प्रकाले दशैंसम्म नयाँ गीत नल्याउने भएका छन् । आफ्नो पहिलो चलचित्र भएका कारण केही समय यसमै केन्द्रित हुने उनले बताए । उनले यसवर्ष तीज गीत पनि ल्याउने छैनन् । गतवर्ष उनको ‘कुरा बुझ्न पर्च’ बोलको तीज गीतले बजार तताएको थियो । गीत रिलिज कार्यक्रममा उनले भने, ‘मेरो सिर्जनात्मक समय ऊर्जा, र तनमन चलचित्र परदेशी २ मा लगाउनेछु ।’ 

नारायण रायमाझी निर्देशित ‘परदेशी २’मा प्रकाशसँगै केकी अधिकारी, वर्षा शिवाकोटी, दीलीप रायमाझी, प्रशान्त तामाङलगायतको मुख्य भूमिका छ । राजेश बंशल र नारायण रायमाझीको लगानी रहेको चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x