२९ जेठ २०८३, शुक्रबार

गौतमश्रीका अध्यक्षले भने ‘सम्पत्ति बेचेरै भए पनि बचतकर्ताको पैसा फिर्ता गर्न तयार छु’

गौतमश्रीका अध्यक्षले भने ‘सम्पत्ति बेचेरै भए पनि बचतकर्ताको पैसा फिर्ता गर्न तयार छु’

गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो जायथेथा र सहकारीको सम्पत्ति बेचेरै भए पनि बचतकर्ताको पैसा फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सहकारीका सञ्चालक भागेको भन्दै सहकारी विभागमा ११४५ जनाले उजुरी दिएपछि गौतमश्रीका अध्यक्ष रामबहादुर गौतमले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरेर बचतकर्ताको पैसा फिर्ता दिने बताएका हुन् । 

गौतमले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘काम विशेषले नेपाल बाहिर हुँदा मोबाइल सम्पर्क नभएको अवस्थालाई दुरुपयोग गरेर भ्रमपूर्ण सूचना फैलाइएको तथा सहकारी भागेको भनियो ।’  गौतमले भनेका छन्, ‘म बचतकर्ताको पैसा खाएर नभाग्ने र नभागेको स्पष्ट पार्न चाहन्छु । म नेपाल आएर सहकारीको समस्या समाधान गर्न चाहन्छु । मलाई सुरक्षाको प्रत्याभूति दिने हो भने म आफ्नो सम्पूर्ण जायजेथा र सम्पत्ति बेचेरै भए पनि केही महिनाभित्रै बचतकर्ताको रकम फिर्ता गर्छु ।’

गौतमले सहकारी सञ्चालकको रूपमा बचतकर्ता सदस्यहरूको रकम यथाशीघ्र फिर्ता गर्ने वातवरण बनाउने प्रतिबद्धतामा सहयोग गर्न पनि आग्रह गरेको छन् । उनले कोभिडका कारण कर्जा समयमा असुली नहुँदासमेत बचतकर्ताको पैसा समयमा नै फिर्ता गरेको र नियमित रूपमै सहकारी सञ्चालन गरेको हुँदा आफू अझै आफ्नो दायित्वबाट नभाग्ने प्रतिबद्धतासमेत प्रेस विज्ञप्ति मार्फत गरेका छन् । 

उनले सहकारी विभागमा उजुरी हाल्ने, प्रहरीमा उजुरीपछि आफू र आफ्नो परिवारका सदस्यलाई भौतिक आक्रमण गर्ने, अपहरण गर्ने र कर्मचारीलाई समेत धम्की दिने काम भएकोले सुरक्षा दिन पनि माग गरेका छन् ।

यस्तेा छ गाैतमश्रीले जारी गरेकाे प्रेस विज्ञप्ति

salt training

कमेन्ट गर्नुहोस्