०५ साउन २०८३, मंगलबार

देशलाई निर्दलीय अभ्यासतिर धकेल्ने प्रयास भइरहेको छ– डा.भीम रावल

देशलाई निर्दलीय अभ्यासतिर धकेल्ने प्रयास भइरहेको छ– डा.भीम रावल

नेकपा एमालेका सांसद डा. भीम रावलले देशलाई निर्दलीय अभ्यासतिर धकेल्ने प्रयास भइरहेको बताएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै संविधानको मूल मर्मविपरीत विचार नमिल्ने दलहरूले गठबन्धनले मुलुकको निर्दलीयताको अभ्यास भइरहेको उनको आरोप छ । 

संविधानको धारा २६९ ले ‘समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरू एउटा राजनीतिक दलमा आवद्ध हुनेछन्’ भन्ने उल्लेख भएपछि सत्ता स्वार्थका लागि केही नमिल्ने दलहरूबीच गठबन्धन गरेर देशलाई निर्दलीयताको अभ्यासमा लान खोजिएको बताए । 

सांसद रावलले कुनैपनि सार्वजनिक पद धारण गने व्यक्तिले शपथ लिँदा ‘प्रचलित कानूनको पालना गरी, मुलुक र जनताको भलो चिताइ, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई इमान्दारिताका साथ गर्नेछु’ भने पनि व्यवहारमा त्यस्तो नदेखिएको आरोप लगाए । देशमा अहिले विदेशीसँग थर्कमान भई, डरमानी, संविधान मिची, उल्लंघन गरी, मनपरी गर्नेछु भन्नेजस्तो चरित्र देखिन थालेको उनको भनाइ छ । 

सांसद रावलले शपथ लिइसकेपछि सम्बन्धित व्यक्तिलाई अनिवार्य पालना गर्नुपर्ने र नगरेमा कारबाही गर्ने प्रावधान राख्न माग गरे । सरकारले बिना कुनै हिच्किचाहट माथिल्लो कर्णालीमा जियामार कम्पनीसँग गरेको सम्झौताले प्रचलित कानूनको ठाडो उल्लंघन गरेको उनको आरोप छ । सांसद रावलले विदेशीसँग खुलेआम साँठगाँठको काम तीव्र हुन थालेको भन्दै शपथ ग्रहण कार्यान्वयन नगर्नेलाई कारबाही गर्ने व्यवस्था गर्नुपर्ने माग गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्