१० असार २०८३, बुधबार

वामदेवको दाबीः आगामी निर्वाचनमा तत्कालीन नेकपा ब्यूँतिन्छ

वामदेवको दाबीः आगामी निर्वाचनमा तत्कालीन नेकपा ब्यूँतिन्छ

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आगामी निर्वाचनमा नेकपा ब्यूँतिने दाबी गरेका छन् । रूपन्देहीको भैरहवामा मंगलवार पत्रकारहरूसँग कुराकानी गर्दै उनले वाम एकताका लागि एकीकृत समाजवादी र माओवादीसँग वार्ता गरिरहेको र सके निर्वाचन अघि नै र त्यसो हुन नसके निर्वाचनपछि तत्कालीन नेकपामा भएका सबै पार्टीहरू एकजुट हुने ठोकुवा गरे । 

कम्युनिष्ट पार्टीलाई एक बनाउनुपर्छ भन्ने अभियानमा लागेका गौतमले वाम एकताकै लागि एकता राष्ट्रिय अभियान गठन गरेको बताए । 

पूर्वगृहमन्त्री समेत रहेका गौतमले एमालेसँग आफूहरूको तत्काल एकता भइहाल्ने स्थिति नरहेको स्पष्ट पारे । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने र माओवादीसँग कार्यगत एकता हुन सक्ने गरी छलफल भएको आफूलाई बताएको उनको दाबी छ । नेता गौतमले निश्चित मुद्दामा नेपाली कांग्रेससँग मिलेर अगाडि बढ्नुपरे पनि सधैभरि कांग्रेस पार्टीसँग मिलेर जाने, गठबन्धन गर्ने हो भने कांग्रेस र कम्युनिष्टका बीचमा कुनै फरक नरहने बताए । 

उनले कम्युनिष्ट पार्टी एकीकृत हुन सकेनन् भने एकता राष्ट्रिय अभियान पार्टीकै रूपमा स्वतन्त्र ढंगले अघि बढ्ने स्पष्ट पारे । नेता गौतमले एमालेले अर्थ विभागमा नाम राखेका एम अधिकारीका विषयमा व्यक्ति आफैँले म होइन भनेपछि त्यही कुरा जबरजस्ती तन्काउनुपर्ने कुनै कारण नरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्