०६ असार २०८३, शनिबार

पोखरामा भगिनी शहरको थिम पार्क निर्माण गरिने

पोखरामा भगिनी शहरको थिम पार्क निर्माण गरिने

नेपाल चीन दौत्यसम्बन्ध स्थापनाको ६७ औँ वर्षका अवसरमा युनानको वाणिज्य र कुन्मिङ नगरको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेट गरेको छ । भेटमा पोखरा र युनानको कुन्मिङ शहरबीच भविष्यमा कसरी हातेमालो गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भएको प्रमुख आचार्यले जानकारी दिए । 

उनका अनुसार लिङचेन हुँ नेतृत्वको पाँच सदस्यीय प्रतिनिधि मण्डलसँग भगिनीसम्बन्ध कायम भएका विभिन्न शहरको थिम पार्क र त्यो पार्कमा ती सहरको पहिचान झल्किने गरी कर्नर निर्माण गर्ने विषयमा छलफल भएको थियो । 

थिम पार्कको निर्माणले पोखरामा चिनियाँ पर्यटक बढ्ने विश्वास गरिएको छ । सो पार्क निर्माणका लागि चिनियाँ टोलीले पोखरामा रहेका पार्कको अध्ययन गरिरहेको छ । सो अवसरमा लिङचेन हुँ नेतृत्वको चीनको प्रतिनिधि मण्डलले ५० लाख बराबरको स्वास्थ्य लगायतका सामग्री पोखरालाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ । 

सो क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको भगिनीसम्बन्ध रहेको चीनको कुन्मिङसम्म सिधा उडानका लागि पहल गर्ने विषयमासमेत छलफल भएको प्रमुख आचार्यले बताए । यस विषयमा चीनको टोलीले सकारात्मक प्रतिक्रिया दिएको छ । पोखरा महानगरपालिकाले चीनको कुन्मिङ, ग्वाङझाओ, यिविन, छुसाहो, हाइकाओ, नानिङलगायत शहरसँग भगिनीसम्बन्ध कायम गरेको छ ।

त्यसबाहेक जापानको कोमागाने, टर्कीको आडालर, दक्षिण कोरियाको ग्यान्बुक शहरसँग पनि पोखराको भगिनीसम्बन्ध छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्