×

NMB BANK
NIC ASIA

फेरिँदै वायु सेवा निगमको नेतृत्व

मन्त्री फेरिएपिच्छे फेरिन्छ निगमको नेतृत्व, अहिलेकालाई हटाउन २२ कारण मन्त्रिपरिषदमा

साउन १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा पछिल्लो ६/७ वर्षदेखि बर्सेनि नेतृत्व परिवर्तन भइरहेको छ ।

Muktinath Bank

नयाँ मन्त्री आउँदा आफूअनुकुल व्यक्ति नियुक्त गर्ने अभ्यासका कारण पछिल्लो ६ वर्षमा ६ वटै कार्यकारी अध्यक्ष/महाप्रबन्धक नियुक्त भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटन मन्त्री आएपिच्छे निगममा अध्यक्ष हुँदा महाप्रबन्धक कार्यकारी बनाएर पठाउने र महाप्रबन्धक हुँदा अध्यक्ष कार्यकारी बनाउने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

राजनीतिक नेतृत्वले नै निगममा आफूअनुकूल व्यक्ति र कार्यकर्ता पठाइरहेका कारण निगमको नेतृत्वसमेत अस्थीर भइरहेको छ ।

Vianet communication
Laxmi Bank

२०७४ को निर्वाचनपछिको झण्डै पाँच वर्षमा मात्रै ६ जना मन्त्री आएका छन् । यी मन्त्रीहरूले आफू अनुकुलका व्यक्ति निगममा पठाएका छन् ।

पछिल्लो ५ वर्षमा रवीन्द्रप्रसाद अधिकारी, योगेश भट्टराई, भानुभक्त ढकाल, प्रेम आले र हाल जीवनराम श्रेष्ठले पर्यटन मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यो अवधिमा निगमको नेतृत्वमा पनि ६ जना नै नियुक्त भइसकेका छन् । तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारको अधिकार खोसेर २०७४ पछिको निर्वाचित सरकारले १ भदौ २०७५ मा निगमकै पूर्व महाप्रबन्धक मदन खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । खरेललाई रवीन्द्र अधिकारी पर्यटन मन्त्री हुँदा नियुक्त गरिएको थियो ।

योगेश भट्टराई पर्यटन मन्त्री बनेपछि खरेललाई हटाएर पूर्वसचिव सुशील घिमिरेलाई अध्यक्षमा नियुक्त गरे । उनै भट्टराईले फेरि घिमिरेको अधिकार खुम्च्याएर डिमप्रसाद पौडेललाई महाप्रबन्धक नियुक्त गरेका थिए ।

पर्यटन मन्त्री प्रेम आले आएपछि उनले पौडेललाई हटाएर हालका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नियुक्त गरे । अधिकारीको कामप्रति असन्तुष्ट हुँदै आलेले नै उनलाई हटाएर निगमकै पाइलट दीपु ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरे । अधिकारी २३ असारको अदालतको आदेशबाट पुनः निगम फर्किएका छन् । हाल निगममा अधिकारी कार्यकारी अध्यक्ष र ज्वारचन महाप्रबन्धक छन् ।

हरेकपटक पर्यटन मन्त्री आएपछि निगमको नेतृत्व परिवर्तन गर्ने गरेको देखिएको छ । यसपटक पनि वायुसेवा निगमको नेतृत्वलाई चलाउने र आफू अनुकूल व्यक्ति नियुक्त गर्न अहिलेका पर्यटन मन्त्रीले पनि सहमति दिएको हुँदा अधिकारीलाई हटाउने तयारी गरिरहेको छ । निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई हटाउन सरकारले निवर्तमान पर्यटन सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा एक छानबिन समिति नै गठन गरेको छ ।

समितिले अधिकारीलाई हटाउनुपर्ने निष्कर्ष र विभिन्न २२ वटा कारणसहितको सुझाव दिएको छ । उक्त सुझावकै आधारमा विहीबारै पर्यटन मन्त्रालयले अधिकारीलाई ३ दिने स्पष्टीकरणसमेत सोधेको थियो । 

उनको स्पष्टीकरण मन्त्रालय आइसकेको र अधिकारीलाई अबको मन्त्रिपरिषद् बैठकबाट हटाउने तयारी भएको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले बताए । 

आलेले हटाउन प्रयास गरेका अधिकारी पुनः निगम फर्किएको भएपनि आलेले भने राजीनामा दिइसकेका छन् । तर, आलेपछि नियुक्त भएका पर्यटनमन्त्री जीवनराम श्रेष्ठले छानबिन समितिकै निष्कर्षअनुसार अगाडि बढ्न सहमति दिएपछि अधिकारी हटाएर नयाँ व्यक्ति नियुक्त गर्ने प्रक्रिया अगाडि बढेको पर्यटन मन्त्रालयका उच्च अधिकारीले लोकान्तरलाई बताए ।

अधिकारीलाई हटाउन छानबिन समितिले दिएको २२ कारण

निगम अध्यक्ष अधिकारीलाई हटाउनुपर्ने सुझावसहित निवर्तमान पर्यटन सचिव महेश्वर न्यौपानेको समितिले सुझाव दिएको छ ।

उक्त समितिको सुझावमा अधिकारीले खर्च मितव्ययी नगरी घाटामा रहेको निगमलाई थप आर्थिक भार पर्ने गरी साउदी अरबको उडानमा जम्मो टोलीलाई निःशुल्क लगेको, निगमको टिकटलाई अनलाइन गर्नुपर्नेमा प्रतिस्पर्धाविनै बिक्रीको अधिकार दिएको, पोखराका व्यवसायीलाई निगमको हितविपरीत जहाज चार्टर गर्न दिएको समितिले उल्लेख गरेको छ ।

प्यासेन्जर सर्भिस सिस्टममा ठेकेदारसँग मिलेमतो गरेर निगमलाई हानी पुर्‍याएको, ग्लोबल डिस्ट्रिब्युसन सिस्टममा गर्नुपर्ने ठेक्कामा सार्वजनिक खरिद नियमावली पालना नगरेको, कर्मचारी आन्दोलनलाई सम्बोधन गर्न नसक्दा निगमको हित हुन नसकेको, अधिकारीको व्यवस्थापकीय क्षमता कमजोर हुँदा निगमले विभिन्न क्षेत्रमा हानी नोक्सानी व्यहोर्नु परेको छानबिन समितिको निष्कर्षमा उल्लेख छ । 

निगम सञ्चालक समितिको बैठक नियमित राख्न नसकेको, निगमको ऋण तिर्ने योजना बनाउन नसकेको, निगमको व्यापारिक योजना बनाउन नसकेको, कोभिडकालमा भएको चार्टर उडानको भुक्तानी लिन नसकेको, सार्वजनिक पदमा भएको व्यक्तिले पदीय मर्यादा अनुसारको चरित्र र आचरण पालन गर्न नसकेको पनि निष्कर्षमा उल्लेख छ । 

कार्यकारी अध्यक्षमा कार्यक्षमता अभाव देखिएको, कर्मचारी र पदाधिकारीलाई नियमन गर्न नसकेको, कर्मचारीको सरुवा बढुवा मिलाउन नसकेको पनि छानबिन समितिले उल्लेख गरेको छ ।

समितिले अधिकारीले सुरक्षा गार्ड नियुक्त गर्न नसकेको, यात्रु तथा ब्यागेज ह्यान्डलिङको ठेक्कामा ठेकेदारसँग मिलेमतो गरेको, निगमको न्यारोबडी जहाजको इञ्जिन बनाउन नसक्दा जहाज लामो समय ग्राउन्डेड भएको र निगमलाई क्षति पुगेको तथा अध्यक्ष अधिकारीको आचरणको विषयमा प्रश्न उठेकाले कारवाही गर्नुपर्ने सहितको निष्कर्ष निकालेर उनलाई हटाउन सिफारिश गरिएको छ ।

वायुसेवा निगम सार्वजनिक संस्थान हो । यो संस्थामा नियुक्त हुने व्यक्ति खराबभन्दा पनि राजनीतिक नेतृत्वको कमजोरीले बारम्बार निगम समस्यातर्फ धकेलिएको पूर्वसचिव बिमल वाग्लेको भनाइ छ । 

उनका अनुसार सार्वजनिक संस्थान सुधार गर्नेभन्दा पनि आफूअनुकूल व्यक्ति नियुक्त गर्ने र लाभ लिइहाल्ने अभ्यास राजनीतिक नेतृत्वले लिएका कारण हरेकपटक मन्त्री आउँदा निगमको नेतृत्वलाई चलाउने गरेको उनले बताए । 

‘नेतृत्व छान्दै राम्रो छान्ने र त्यसलाई पूरा समय काम गर्न दिनुपर्छ’

सरकारले पर्यटन क्षेत्रको विकास गर्ने र पर्यटकको खम्बा नै मानिने निगममा नेतृत्व छान्दै राम्रो छान्नुपर्ने निजी क्षेत्रका पर्यटन व्यवसायीको तर्क छ ।

उनीहरूका अनुसार नेतृत्व छानिसकेपछि उसलाई पूरा समय काम गर्न दिनुपर्ने हुन्छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापा निगमभित्रको समस्या पहिचान गरेर त्यसको समाधानमा लाग्नुपर्नेमा सरकार आफन्त र कार्यकर्ता भर्तीमै रमाइरहेको बताउँछन् ।

उनले भने, ‘निगममा आउने नयाँ नेतृत्वले समस्या पहिचान गर्ने र योजना बनाएर काम गर्न थाल्दा ५/६ महिना बितिसकेको हुन्छ । जब काम गर्ने बेला हुन्छ, तब सरकारले हटाइदिन्छ । यस्तो क्रम पटक–पटक दोहोरिँदा निगम बर्सेनि कमजोर बन्दै गएको छ ।’

थापा थप्छन्, ‘राजनीतिक हस्तक्षेपकै कारण भएकै जहाज चलाउन नसक्ने अवस्था आइरहेको छ । भएको जहाज कसरी उडाउने, थप जहाज कसरी ल्याउने, प्रतिस्पर्धामा उत्रने र यात्रुलाई सेवा दिने भन्नेमा ध्यान नदिएको पनि देखिएको छ ।’ 

सरकारले निगमलाई चलाउन नसकेका कारण पर्यटन क्षेत्रमै असर पुगेको पर्यटन व्यवसायीहरूको बुझाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x