०४ असार २०८३, बिहीबार

विद्युत चोर्ने १६ जना पक्राउ

कात्तिक २०, २०७४
विद्युत चोर्ने १६ जना पक्राउ

jail
सप्तरी, १२ साउन - हुकिङ गरेर विद्युत चोरी गरिरहेको आरोपमा १६ जना पक्राउ परेका छन् ।

नेपाल विद्युत प्राधिकरण र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा उनीहरुलाई सप्तरीका विभिन्न स्थानबाट आज पक्राउ गरेको हो

पक्राउ पर्नेमा सप्तरी वीरपुर–४ का शमिम मिया, बच्चु अन्सारी, मोहमद नजबुल, नेवी मिया, पसेरा–३ का इन्द्रनारायण चौधरी, ७ का सकलदेव ठाकुर, विन्देश्वर मण्डल, कल्याणपुर–७ का मोहमद पखेज, कृष्ण मण्डल, श्यामकुमार राम, गोरदाहा–९ का चन्देश्वर राम, लालापट्टि–१ का रामकुमार राम, सन्तोष राम, वुधेश्वर राम, कडोरवना–४ का वरकैत मिया र प्रवाहा ४ का नारायण यादव रहेका छन् । उनीहरुलाई विद्युत चोरी नियन्त्रण ऐनअन्तर्गत कारबाही हुने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्