
मन्दाकिनी हाइड्रोपावरले जारी गरेको आईपीओ बाँडफाड भएको छ । जसअनुसार १ लाख ९ हजार ३७४ जनाले सेयर पाएका छन् ।
बाँडफाँडअनुसार ९ जनाले ११ कित्ताका दरले र अन्यले १० कित्ताका दरले सेयर पाएका हुन् । कम्पनीले साउन ९ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओको बिक्री खुलाएको थियो । हाइड्रोपावरले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता सेयर बिक्री खुलाएको थियो । जसमा कुल १५ लाख ४७ हजार ९४९ १ करोड ६९ लाख १६ हजार ९८० कित्ताका लागि आवेदन गरेका थिए ।