
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने कार्य साउन मसान्तसम्म गराउन विद्यालयहरूलाई निर्देशन दिएको छ ।
बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै साउन मसान्तसम्म विद्यार्थी भर्ना गराउन निर्देशन दिएको हो ।
एसईई परीक्षा नतिजा प्रकाशन भएपछि विद्यालयहरूले आफू अनुकुल फरक फरक मितिमा भर्ना शुरू गरेपछि बोर्डले विद्यालयलाई यस्तो निर्देशन दिएको हो ।
बोर्डले छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित भएको गुनासो आएपछि यस्तो निर्देशन दिएको जनाएको छ ।
बोर्डले कक्षा १० (एसईई) परीक्षा नतिजा प्रकाशनको मितिले न्युनतम १५ दिनभित्रमा आवेदन दिन सक्नेगरी भर्ना कार्यक्रम तय गर्न विद्यालयहरूलाई भनेको छ ।