साउन २६, २०७९
श्रावण पूर्णिमा, ऋषितर्पणी, जनै पूर्णिमा एवं क्वाती पुह्नी सँगसँगै विश्व संस्कृत दिवस शुक्रवार मनाइँदैछ । विश्व संस्कृत दिवसको मूल समारोह वाल्मीकि विद्यापीठ प्रदर्शनीमार्ग, काठमाडौंमा आयोजना गरिएको छ । विश्व संस्...
उसो त साउनमा खीर खाने नेपाली चलन नै हो । साउन १५ लाई खीर खाने दिनले पनि चिनिन्छ । यहाँको प्रसिद्ध शक्तिपीठ कालिका भगवतीमा पनि वर्षमा एकपल्ट खीर चढाउने परम्परा छ । त्यो साउनको कुनै पनि तिथिमा पर्न सक्छ ।
यसपालि भने पण्डितले मङ्गलबारलाई साइत जुराएका थिए । मन्दिरका मूलपुजारी जयबहादुर खड्काले साउनमा शक्तिस्वरुपा देवीलाई खिर चढाउने परम्परा रहेको सुनाए । “मङ्गलबार बिहान ९ बजेको शुभसाइतमा देवीलाई खिर चढाइयो”, उनले भने, “यो हाम्रा पूर्वजले बसालेको परम्परा हो ।”
पहिले–पहिले मन्दिरमा चढाएपछि मात्र बल्ल घर–घरमा खिर पकाएर खाने चलन रहेको पुजारी खड्काले बताए। उनका अनुसार मन्दिरमा वर्षको अरु कुनै पनि दिनमा खिर चढ्दैन । मन्दिर परिसरमा रहेको सालको पातबाट बनेका नयाँ टपरी र दुनामा राखेर विधिपूर्वक पूजाआजा गरेपछि बल्ल देवीलाई खिर चढाउने गरिन्छ ।
नवदुर्गा, महालक्ष्मी, महाकाली, महासरस्वती, चण्डिका र गणेशलाई चढाएपछि मन्दिरमा आएका दर्शनार्थीलाई प्रसादीका रूपमा खिर खुवाउने गरिएको पुजारी खड्काले उल्लेख गरे। कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका सचिव भरतबहादुर खड्काले कालिका देवीलाई खिर खुवाउने चलन मौलिक संस्कृतिका रूपमा जीवित रहेको बताए ।
“विसं १५९१ मा मन्दिर स्थापना भएदेखि नै साउन महिनामा देवीलाई खिर चढाएर मात्र घर–घरमा खिर फुक्ने गरेको हाम्रा पितापुर्खाले बताउने गर्नुहुन्थ्यो, सोही परम्परालाई हामीले पनि धान्दै आएका छौँ”, उनले भने, “साउन महिनामा खिर खाने नेपाली मान्यतासँग यो पनि सम्बन्धित छ ।”
समितिका सहसचिव अर्जुन खड्काका अनुसार देवीलाई खिर चढाउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकालसहित विशिष्ट व्यक्तिहरू सरिक भएका थिए । आमन्त्रित पाहुना र भक्तजनलाई प्रसादस्वरुप खिर खुवाइएको थियो ।
श्रावण पूर्णिमा, ऋषितर्पणी, जनै पूर्णिमा एवं क्वाती पुह्नी सँगसँगै विश्व संस्कृत दिवस शुक्रवार मनाइँदैछ । विश्व संस्कृत दिवसको मूल समारोह वाल्मीकि विद्यापीठ प्रदर्शनीमार्ग, काठमाडौंमा आयोजना गरिएको छ । विश्व संस्...
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तक...
आफ्नो मनलाई विकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरु हिजोआज विपश्यना ध्यानप्रति आकर्षित भएको पाइन्छ । शील, समाधि र प्रज्ञालाई बुझ्न र आफ्ना मनभित्रका राग, द्वेष र मोह हटाएर चित्त निर्मल पार्न विपश्यना ध्या...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...