
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान अमेरिकाको 'पार्टनर' भएको बताएकी छन् ।
ताइवानकी राष्ट्रपति त्साई इंगवेनको भेटमा बुधवार बिहान उनले ताइवान अमेरिकाको नजिकको साझेदार रहेको बताएकी हुन् ।
ताइवानकी राष्ट्रपति इंगवेनले ताइवानले आफ्नो रक्षा क्षमता बढाइरहेको बताएकी थिइन् ।
सो कुरामा सहमत हुँदै पेलोसीले अमेरिका दोस्रो विश्वयुद्धको अन्त्यदेखि एसिया प्रशान्धका धेरै उदार देशहरूका लागि सुरक्षा साझेदार भएको उल्लेख गरेकी हुन् ।