११ असार २०८३, बिहीबार

थप ९१५ जनामा कोरोना पुष्टि, काठमाडौंमा मात्रै ४२२ संक्रमित थपिए

थप ९१५ जनामा कोरोना पुष्टि, काठमाडौंमा मात्रै ४२२ संक्रमित थपिए

नेपालमा थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीले बुधवार जानकारी गराउँदै ६ हजार २ जनामा परीक्षण गर्दा ९१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पीसीआरबाट ३ हजार ९१ जनामा परीक्षण गर्दा ५९० जनामा तथा एन्टिजेनबाट २ हजार ९११ जनामा परीक्षण गर्दा ३२५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो हप्तादेखि संक्रमण दर निरन्तर बढ्दो क्रममा रहेको र बुधवार संक्रमण दर १५% बढी रहेको प्रवक्ता अधिकारीले बताए ।

राजधानी काठमाडौं उपत्यकाभित्र ४२२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोरोना निको भएर थप ३०१ संक्रमित डिस्चार्ज भएका छन् । 

देशभर ५ हजार ४३३ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । जसमध्ये ४३ संक्रमितको आईसीयू र २ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्