साउन २६, २०७९
सर्वोच्च अदालतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आफैँ उपस्थित भएर लिखित जवाफ पेश गरेका छन्। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको मुद्दाम...
काठमाडाैं | साउन १८, २०७९
६ लाख रुपैयाँ घुस तथा स्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका उपसचिव प्रमोद नेपालले आफ्नो करीयरमा दाग लागे पनि सफाइ पाउने दाबी गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपालले लोकान्तरसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘मेरो करीयर मुख्य सचिवसम्मको हो, तर एउटा दाग भने लाग्यो ।’
म्याद थप गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा लगेका बेला नेपालले लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।
‘मैले अहिले धेरै केही भन्दिनँ, बोल्नुपर्ने ठाउँमा म आफ्नो कुरा राख्ने नै छु,’ नेपालले लोकान्तरसँग भने, ‘विशेष अदालतबाट सफाइ पाउने नै छु, त्यसपछि तपाईं पत्रकारहरूसँग पनि सविस्तारमा आफ्नो कुरा राख्नेछु ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई २०७९ साउन १७ गते काठमाडौं महानगरपालिका–१ मनकामना मार्गस्थित एक होटलबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।
विशेष अदालतमा आउँदा पनि उनी आत्मविश्वासी जस्तो देखिएका थिए ।
उता, पर्यटन मन्त्रालयमा भने बुधवार दिनभर कर्मचारीलाई कुरा गर्ने मसलाको विषय प्रमोद बने ।
मन्त्रालयका उच्च अधिकारीदेखि कार्यालय सहयोगी र चालकहरू समेत प्रमोदको विषयमा कुराकानी गरिरहेका भेटिए ।
मन्त्रालयका एक कर्मचारीले लोकान्तरसँग भने, ‘आज दिनभर मन्त्रालयका कर्मचारीहरूबीच कामभन्दा प्रमोद सरकै विषयमा गफ धेरै भयो ।’
गोल्ड मेडलिस्ट उपसचिव घूससहित पक्राउ परेको समाचारले पर्यटन मन्त्रालयमा मात्र नभई सिंहदरबाभित्र बुधवार दिनभर चासो र चर्चा रह्यो ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमतिपत्र उपलब्ध गराइदिने भन्दै सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरिएको थियो ।
पछि उनको गाडीको खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ बरामद गरिएको भण्डारीले बताए ।
सोही मुद्दाको छानबिन गर्नका लागि ७ दिनको म्याद थप गराउन नेपाललाई विशेष अदालतमा उपस्थित गराइएको बेला नेपालले लोकान्तरलाई प्रतिक्रिया दिएका थिए ।
‘सन् २०१८/१९ को ब्याचमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विषयमा स्नातकोत्तर गर्दा गोल्ड मेडल प्राप्त गरेको थिएँ,’ नेपालले लोकान्तरसँग भने, ‘त्यसपछि सरकारी छात्रवृत्तिमै इंग्ल्यान्डमा अध्ययन गरेको थिएँ ।’
शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका उनको सरकारी सेवामा १२ वर्ष भएको छ ।
सर्वोच्च अदालतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आफैँ उपस्थित भएर लिखित जवाफ पेश गरेका छन्। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको मुद्दाम...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाको तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन नम्बर २ मा कार्यरत सबइन्जिनीयर रामबाबु यादवउपर शैक्षिक योग्यताको झूटा नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दा दर्ता गरेको छ । ...
त्रिभुवन विश्वविद्यालय(त्रिवि)को उपप्राध्यापक पदका लागि लिइएको परीक्षामा १८ पटक प्रश्नपत्र मात्र सार्नेलाई उत्तीर्ण गराउने परीक्षक तथा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष अदालतले सफाइ दिएको छ । प्रमाणहरू अनदेखा गर...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसा...
नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य–काव्य) विभागले नेपाली काव्यविधामा भएका प्रयोगबारे विमर्शको थालनी गरेको छ । विभागद्वारा शुक्रवार ‘नेपाली कविताका लघुतम उपविधा’ विषयक विमर्श कार्...
सर्वोच्च अदालतले न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बनाएको नयाँ निर्देशिकाविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त निवेदन दर्ता गर्न आदेश दिएको ह...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...