१३ साउन - पाकिस्तानको मुल्तानमा एक किशोरीमाथि बलात्कारको आदेश दिएको आरोपमा २० जना पक्राउ गरेको खबर आजको राजधानीले छापेको छ ।

किशोरीको दाइमाथि एउटी बालिकामाथि बलात्कार गरेको आरोप लागेपछि त्यसैको बदलास्वरुप पञ्चायतले यो आदेश दिएको समाचारहरुमा उल्लेख छ । प्रहरीका अनुसार दुवै पीडितका परिवार नातेदार हुन् । दुवै परिवारका व्यक्तिहरुले मिलेर यो आदेश दिएको बताइएको छ ।
प्रहरी अधिकृत अल्लाह बख्सले भने, ‘जिरगा (गाउँको पञ्चायत) ले सजायको रुपमा १६ वर्षकी किशोरीको बलत्कार गर्ने आदेश दियो किनकी उनको दाइले १२ वर्षकी बालिकाको बलात्कार गरेको थियो ।’
अधिकारीका अनुसार पीडित किशोरीका दाइले यही महिना जरगामा न्यायको याचना गरेका थिए कि उनकी १३ वर्षीया बहिनीको उनको काकाको छोराले बलात्कार गरे । यसको सजायका रुपमा जिरगाले उजुरीकर्तालाई अभियुक्तको बहिनीमाथि बलात्कार गर्न आदेश दिएको थियो र उनले बलात्कार पनि गरे ।
पाकिस्तानी पत्रिका ‘डन’ का अनुसार किशोरीलाई मानिसहरुको अगाडि उपस्थित हुन लगाइयो र त्यसपछि उनको आमाबुबा र सबै मानिसहरुकै बीचमा बलात्कार गरियो ।
दुबै किशोरीले पछि यसविषयमा प्रहरीमा उजुरी गरेपछिमात्रै घटना बाहिर आएको थियो ।