×

NMB BANK
NIC ASIA

सैद्धान्तिक स्वीकृतिअघि जनशक्ति व्यवस्थापनको खाकासमेत माग्न आग्रह

साउन २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल वित्तीय संस्था कर्मचारी संघले बीमा कम्पनीहरूलाई मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनुपूर्व जनशक्ति व्यवस्थापनको खाका माग्नसमेत आग्रह गरेको छ । संघले बीमा समितिसमक्ष सम्बन्धित कम्पनीमा कर्मचारीको पद, तह र सेवासुविधा समायोजनलगायत जनशक्ति व्यवस्थापनको पूर्ण खाका माग्न आग्रह गरेको हो । मर्जर वा प्राप्तिमा जाने कम्पनीले त्यस्तो खाका पेश गरेपछि मात्र सैद्धान्तिक स्वीकृति प्रदान गर्नुपर्ने संघको माग छ । 

Sagarmatha Cement
Muktinath Bank

संघले शुक्रवार बीमा समितिमा बुझाएको मागपत्रमा ‘कर्मचारीले खाइपाई आएको तलब सुविधा नघट्ने गरी व्यवस्थापन गरिनेछ’ भन्ने मात्र उल्लेख हुँदा वर्षौंदेखि कार्यरत कर्मचारीको उचित व्यवस्थापन होला भन्नेमा संघ विश्वस्त हुन नसकेको उल्लेख छ । त्यसैले नियामक निकायले नै यस विषयमा ठोस कदम चाल्नुपर्छ भन्ने निष्कर्षमा संघ पुगेको पत्रमा उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बीमा क्षेत्रलाई सवल, सक्षम, पारदर्शी, विश्वसनीय, व्यावसायिक र पूर्ण प्रतिस्पर्धी बनाई यस क्षेत्रमा कार्यरत कर्मचारीको हित तथा उनीहरूको सेवा तथा सेवा सर्तको रक्षाका लागि विभिन्न चार विषयमा बीमा समितिले स्पष्ट निर्देशन जारी गर्नुपर्ने संघको माग छ ।  


Advertisment
Nabil box
Kumari

संस्थाको कर्मचारी विनियमअनुसार नियमित रूपमा हुनुपर्ने कामकारबाहीलाई मर्जरको बहानामा अवरुद्ध हुन नदिन, रिक्त दरबन्दीमा पदपूर्तिको काम नियमित रूपमा गर्न, श्रम ऐन तथा टे«ड युनियन ऐनले निर्दिष्ट गरेको कर्मचारीको नियमित रूपमा हुनुपर्ने वृत्ति विकास र सामूहिक सौदाबाजीलाई मर्जरका नाममा अवरुद्ध नगर्न र बीमा कम्पनीहरूको मर्जर तथा प्राप्ति कार्यको समयावधि निश्चित गर्न बीमा समितिबाटै स्पष्ट निर्देशन जारी हुनुपर्ने माग संघले गरेको छ ।   

Vianet communication
Laxmi Bank

बिमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६ (संशोधन सहित २०७८) को बुँदा नं. ३ को (ङ) मा बीमा समितिले सैद्धान्तिक सहमतिका लागि गाभ्ने, गाभिने बिमकका कर्मचारीको व्यवस्थापनको विवरण पेस गर्नुपर्ने उल्लेख छ  । संघले सोही व्यवस्थाअनुसार सैद्धान्तिक सहमति दिनुपूर्व सम्बन्धित संस्थाको सम्पूर्ण पाटाहरूको विस्तृत अध्ययन विश्लेषण गर्नुका साथै संस्थामा कार्यरत कर्मचारीको पद, तह र सेवासुविधाको समायोजनलगायत जनशक्ति व्यवस्थापनका सम्पूर्ण खाका पेश गरेपछि मात्र सैद्धान्तिक स्वीकृति दिई मर्जर तथा प्राप्ति प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ । 

बीमा समितिले आगामी चैतसम्ममा निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५ करोड र जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्‍याउन निर्देशन दिएको छ । उक्त निर्देशन जारी भएपछि तोकिएको चुक्तापुँजी पुर्‍याउन धैरै कम्पनीहरूले मर्जरको बाटो रोजेका छन् । उनीहरूलाई मर्जर वा प्राप्तिमा जान समितिले सैद्धान्तिक सहमतिसमेत दिइसकेको छ । यसै सिलसिलामा संघले ती संस्थामा कार्यरत कर्मचारीको हितका लागि समितिको ध्यानाकर्षण गराएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x