१७ असार २०८३, बुधबार

बीमक कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग

बीमक कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग
प्रतिकात्मक तस्वीर

बीमक कम्पनी गाभ्नुअघि कार्यरत कर्मचारीको उचित रूपमा व्यवस्थापन गर्न नेपाल वित्तीय संघ राष्ट्रिय समितिले माग गरेको छ ।

संघका अध्यक्ष पद्मराज रेग्मी र महासचिव हरिराज खरेलले शुक्रवार जारी गरेको विज्ञप्तिमा संस्थाका कर्मचारी विनियम अनुसार नियमितरूपमा हुनुपर्ने कामकारबाहीलाई मर्जरको बहानामा अवरुद्ध नगर्न माग गरेका हुन् ।

रिक्त दरबन्दीको पदपूर्ति प्रक्रियालाई नियमितता दिन पनि संघले बीमा समितिसँग माग गरेको छ । 

संघले समितिका अध्यक्षलाई पनि शुक्रवारै ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ । श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेका कर्मचारीको नियमितरूपमा हुनुपर्ने वृत्ति विकास र सामूहिक सौदाबाजीलाई मर्जरका रूपमा ठप्प नपार्न पनि ध्यानाकर्षण गराएको छ ।

बीमा कम्पनीको मर्जर तथा प्राप्तिको समयावधिलाई निश्चित गर्न पनि संघले जोडदार माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्