
नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुन: अभिनेता कृष्ण मल्ल चयन भएका छन् । सोसाइटीको साधारण सभाबाट उपाध्यक्षमा रन जोशी, मोहन कृष्ण श्रेष्ठ, नारायण प्रधान, महासचिवमा राजेन्द्र कुमार बिसुराल, सचिवमा टंकनाथ पौडेल कोषाध्यक्षमा शंकरलाल श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यहरूमा चेत बहादुर सिंह राजा, सानु कुमार ताम्राकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाई एल लामा, मदु कुमार श्रेष्ठ र सुभाष खड्का चयन भएका छन् । साधारण सभामा बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा परीक्षक नियुक्ति बारे प्रस्ताव पेश गरिएको थियो।
विगत लामो समय चलचित्र क्षेत्रको हक अधिकार र उत्थानको लागि समर्पित सोसाइटीले सामाजिक कार्यमा समेत काम गर्दै आएको छ।