२१ जेठ २०८३, बिहीबार

बलिउड अभिनेता इन्दर कुमारको मृत्यु

कात्तिक २०, २०७४
बलिउड अभिनेता इन्दर कुमारको मृत्यु

काठमाडौं, १३ साउन — बलिउड अभिनेता इन्दर कुमारको शुक्रवार बिहान देहान्त भएको छ । उनी ४३ वर्षका थिए ।
अँधेरीस्थित आफ्नो निवासमा बिहान २ बजे हृदयघातका कारण उनको मृत्यु भएको हो ।


इन्दरले २० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उनले सलमान खानसँग 'वान्टेड' र 'तुमको न भूल पाएंगे' लगायतका फिल्ममा सँगै काम गरेका थिए ।

उनी 'फटी पडी है यार' फिल्मको शूटिङ गरिरहेका थिए ।

उनको दाहसंस्कार आजै बेलुका यारी रोडस्थित श्मशानघाटमा गरिनेछ ।

दी इन्डियन एक्सप्रेसबाट

salt training

कमेन्ट गर्नुहोस्