
सप्तकोशी नदीमा पानीको बहाव घट्दै जान थालेको छ । शनिवार बिहान पानीको बहाव बढेपछि ‘हाई अलर्ट’ जारी गरिएकोमा अपराह्नबाट पानीको बहाव घट्न थालेको हो ।
शनिवार अपराह्नबाट पानीको बहाव घट्दै जान थालेको र अहिले खतरामुक्त अवस्थामा रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार साँझ ५ बजे कोशी ब्यारेजमा २ लाख १५ हजार ८२५ क्युसेक पानी मापन गरिएको छ । कोशी ब्यारेज क्षेत्रभन्दा बराहक्षेत्रमा पानीको सतह अझै कम रहेको समेत उनले बताए ।
बिहान मौसम पूर्वानुमान शाखाले सप्तकोशीमा पानीको सतह धेरै बढ्ने भनेर पूर्वसूचना जारी गरेको थियो । सोहीअनुसार हाल कोशी ब्यारेजका ३३ वटा ढोका खोलिएको प्रजिअ यादवले बताए । उनले अहिले खतरामुक्त रहेकोे समेत बताएका छन् ।