०२ साउन २०८३, शनिबार

विधानसभाका लागि सबै नौ रिक्त स्थानमा उम्मेदवारी दिने इमरान खानको घोषणा

साउन २१, २०७९
विधानसभाका लागि सबै नौ रिक्त स्थानमा उम्मेदवारी दिने इमरान खानको घोषणा

पाकिस्तान तेहरिक–आई–इन्साफ (पीटीआई) प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानले विधानसभा सीटका लागि हुने उपचुनावमा शनिबार सबै नौ स्थानबाट आफै लड्ने घोषणा गरेका छन् ।

पाकिस्तानको निर्वाचन आयोगले शुक्रबार उपचुनावको तालिका जारी गरेपछि सर्वप्रथम पीटीआईको आधिकारिक ट्वीटर अकाउन्टबाट उक्त जानकारी आएको थियो र पछि पार्टीका वरिष्ठ उपाध्यक्ष फवाड चौधरीले पत्रकार सम्मेलनमा उक्त सन्दर्भलाई पुष्टि गरे । 

एआरवाई न्यूजका अनुसार पत्रकारहरूसँगको भेटमा इमरान खानले भने, “यो वर्ष चुनाव हुन्छ, सरकारी दलहरु एक्लाउन चाहन्छन्, तर  हरेक मञ्चमा शासकहरूविरुद्ध सङ्घर्ष गर्न म तयार हुनेछु ।”

विश्वप्रसिद्ध क्रिकेटरसमेत रहेका पूर्व प्रधानमन्त्री खानले सिकन्दर सुल्तान राजालाई पाकिस्तानको निर्वाचन आयुक्त (ईसिपी) को रूपमा नियुक्त गर्नु ठूलो भूल भएको बताए । 

भूतपूर्व प्रधानमन्त्रीले दुई विदेशी देशहरूले विगतमा आफूलाई आर्थिक सहयोग दिने प्रस्ताव राखेको बताउँदै आफुले त्यसो गर्न इन्कार गरेको बताए। 

पूर्वप्रधानमन्त्री खानले नौवटै सिटमा उपचुनाव लड्ने घोषणाले धेरैलाई झस्काएको छ । केही टिप्पणीकारहरूले पीटीआई अध्यक्षले अन्य कुनै उपयुक्त उम्मेदवार भेट्टाउन सकेनन् कि भनी प्रश्न उठाएका छन् । 

प्रभात पत्रिकाका अनुसार पाकिस्तानका स्वतन्त्र तथा निष्पक्ष निर्वाचन सञ्जाल (फाफेन) का प्रतिनिधि मुदसीर रिज्वीले सिट खाली भएपछि निश्चित समयसीमाभित्र उपनिर्वाचन को व्यवस्था गरिएको र यो प्रावधानको संविधानले व्यवस्था गरेको बताए । 

इमरान खान पाकिस्तानको प्रधानमन्त्री रहेका समय विपक्षीहरूको आन्दोलनलाई साथ दिँदै पाकिस्तान तेहरिक–इ–इन्सानका राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नौ सदस्यले सामुहिक राजिनामा दिएका थिए ।  पाकिस्तानका तत्कालिन उपसभामुख कासिम सुरीले उनीहरूको राजिनामा स्वीकृत गरेपछि उक्त सीट खालि हुन आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्