०४ साउन २०८३, सोमबार

शौचालय सञ्चालन र व्यवस्थापनमा महानगरभित्रकै सफल अभ्यासलाई अन्य वडामा प्रवर्द्धन गरिने

शौचालय सञ्चालन र व्यवस्थापनमा महानगरभित्रकै सफल अभ्यासलाई अन्य वडामा प्रवर्द्धन गरिने

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापनमा महानगरभित्रकै सफल अभ्यासलाई अन्य वडामा प्रवर्द्धन गर्ने बताएका छन् । शनिबार वडा २० परोपकारमा स्तरोन्नतिपछि सञ्चालनमा ल्याइएको शौचालयको अवलोकनपछि प्रमुख शाहले यस्तो प्रतिक्रिया दिएका हुन् ।  यस ठाउँमा २५ बर्षदेखि सार्वजनिक शौचालय रहेको थियो । प्रकाश, बत्ती, पानीजस्ता आधारभूत आवश्यकता पूरा नभएको र संरचना पनि जीर्ण भएकोले वडा २० ले स्तरोन्नतिका लागि एरोसान सस्टेनेवल स्यानिटेसनसँग सहकार्य गरेको थियो । 

पुननिर्माणपछि शौचालय अपाङ्गमैत्री, वातावरणमैत्री, लैङ्गिकमैत्री भएको छ ।  विष्णुमती नदी किनारामा भएको र यस क्षेत्रमा न्युन आय भएका व्यक्तिहरुको बढी आवतजावत हुने भएकोले त्यसै वर्गको सहजताका लागि शौचालयको स्तरोन्नति गरिएको हो । 

शौचालयको अवलोकनका क्रममा प्रमुख शाहले, पानी तथा दिशा पिसाब प्रशोधन प्रणाली, आकाशे पानी संकलन विधिलगायतका पक्षमा विशेष चासो राखेका थिए ।  त्यसपछिको संक्षिप्त प्रतिक्रियामा उनले, महानगरपालिका भित्र थप यस्ता शौचालयहरु निर्माण गर्न आवश्यक रहेको बताउँदै यस्ता सफल अभ्यासलाई सिकाई केन्द्रका रुपमा विकास गर्न सकिने धारणा राखे । 

salt training

कमेन्ट गर्नुहोस्