काठमाडौं, १३ साउन–ज्योति विकास बैंकले चुक्तापूँजी बढाउने उद्देश्का साथ राप्तीभेरी बैंकसँगको मर्जरको विशेष प्रस्ताव तयार पारेको छ ।

साउन २९ गते हुने बैंकको विशेष साधारणसभामा सो प्रस्ताव पेश गर्ने बैंकले तयारी गरेको छ । बैंकले अडिट रिपोर्टको आधारमा एक बराबर एकको अनुपातमा स्वाप रेशियो पारित गर्ने भएको छ ।
यसैगरी साधारण सभाबाट बैंकलाई राप्तिभेरी विकास बैंक आफूमा गाभ्ने गर्न अन्तिम स्विकृति प्राप्त हुनेछ । बैंकले १ सय प्रतिशत बराबरको एक अर्ब १० करोड रुपैयाँको हकप्रद जारी गरिसकको छ । जसबाट बैंकको चुक्ता पूँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्ने हुदाँ राष्ट्र बैंकले निर्देशन गरेको दुई अर्ब चुक्ता पूँजी पुग्नेछ । गाभिन लागेको राप्तिभेरी विकास बैंकको गत आर्थिक बर्षको चैतमसान्त सम्ममा १४ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । दुबै बैंक एकै ठाउँमा भएसगै ज्योति विकास बैंकको चुक्ता पूँजी दुई अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ ।