०७ असार २०८३, आइतबार

विश्व आदिवासी दिवसमा ६ स्थानीय तहद्वारा सार्वजनिक बिदा

विश्व आदिवासी दिवसमा ६ स्थानीय तहद्वारा सार्वजनिक बिदा

विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । आज मनाइने सो दिवसका लागि तनहुँका शुक्लागण्डकी, भानु, व्यास   नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । 

ती पालिकाले सोमबार अलग अलग  विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आज जिल्लाका दशवटै स्थानीय तहमा बिबिध कार्यक्रमको आयोजना गर्न लागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्