०७ असार २०८३, आइतबार

प्रचण्ड र जापानको लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता

प्रचण्ड र जापानको लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता
तस्वीर स्रोतः प्रचण्डको सचिवालय

जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँको लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेतासँग भेटवार्ता गरेका छन् । 

पाँच दिने भ्रमणका क्रममा जापानमा रहेका प्रचण्डले मंगलवार उक्त पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कइसँग भेटवार्ता गरेका हुन् । निक्कइ उक्त पार्टीका पूर्वमहासचिव, पूर्व अर्थ, व्यापार र उद्योगमन्त्री तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिका सभापतिसमेत रहेको बताइएको छ । 

दुई नेताबीच लिबरल डेमोक्रेटिक पार्टीको हेडक्वार्टरमा भेटवार्ता भएको हो । 

भेटको क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदन–प्रदान गर्नेदेखि स्थानीय शहर/नगरहरूबीच भगिनी सम्बन्ध विकास गर्नेबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । त्यस्तै, भेटमा नेपालको कृषि, जलविद्युत्, भौतिक पूर्वाधारलगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने विषयमा पनि छलफल भएको बताइएको छ । 

प्रचण्ड गत शुक्रवार जापान भ्रमणमा गएका हुन् । उनी त्यहाँ रहेका नेपालीहरूको निमन्त्रणामा जापान पुगेका थिए । यसअघि उनको राजनीतिक भेटघाटको विषयमा केही पनि सार्वजनिक गरिएको थिएन । 


 

salt training

कमेन्ट गर्नुहोस्