०२ साउन २०८३, शनिबार

आदिवासीका परम्परागत सीप र कौशल नयाँ पुस्तामा हस्तान्तरण गर्न सरकारले सहयोग गर्ने

आदिवासीका परम्परागत सीप र कौशल नयाँ पुस्तामा हस्तान्तरण गर्न सरकारले सहयोग गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरूको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन् । मंगलवार नेपाल आदिवासी जनजाति महासंघले २८औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपिको संरक्षणका लागि सरकार गम्भीर रहेको बताए । 

उनले नेपालमा विभिन्न जात–जाति, भाषा, धर्ममा मानिसहरू बसेता पनि सामाजिक सद्भाव र सहिष्णुता राम्रो रहेको भन्दै यसप्रकारको सहिष्णुतालाई दीर्घकालसम्म अक्षुण राख्नुपर्ने बताए । 

‘सबै अमूल्य भाषा, संस्कृति, लिपिको संरक्षण गर्नु राज्यको दायित्व हो । यसतर्फ सरकार गम्भीर छ’, उनले भने, ‘विविधताभित्रको एकता नै हाम्रो मुल मन्त्र हो । यहाँ विविध जातजाति, भाषा, सम्प्रदाय, धर्म मान्ने मानिसहरू रहेता पनि एक, अर्काप्रति सामाजिक सद्भाव, सहिष्णुता अत्यन्तै राम्रो छ । यो नेपालको विशिष्ट पहिचान हो । यसलाई हामीले दीर्घकाल सम्म अक्षुण राख्नुपर्दछ ।’

प्रधानमन्त्री देउवाले आदिवासी जनजातिहरूको हक, हितको संरक्षण तथा संवर्द्धन लागि आफू सधै प्रतिवद्ध रहेको बताए । उनीहरूलाई राज्यको मूलधारमा ल्याई कुनै पनि किसिमको अवसरबाट वञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने बताए । उनले जनजातिहरूसँग रहेका परम्परागत सिप तथा कौशल नयाँ पुस्तामा हस्तान्तरण हुनु आवश्यक रहेको उल्लेख गरे । 

उनले आदिवासी जनजातिको परम्परागत सीप र कौशल नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्