
मंगलवार राति काठमाडौंमा भारी वर्षा भएको छ ।
भारी वर्षाका कारण स्थानीय नदी तथा खोलामा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा डुबान भएको काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराले जानकारी दिए ।
उनका अनुसार, भारी वर्षापछिको बाढीले काँडाघारी स्थित प्रहरीको मेस बगाएको छ । मेस बगाउँदा बरामद गरिएका मोटरसाइकलहरू पनि बगेको प्रहरीले जनाएको छ ।
गएराति बाढीको जोखिममा रहेका ३ सय जनाको उद्धार गरी कोटेश्वर बहुमुखी क्याम्पसमा राखिएको प्रहरीले जनाएको छ।
यस्तै बाढीले कालीमाटीको सुकुम्बासी बस्तीमा पनि बाढी पसेको छ ।
भारी वर्षा तथा बाढीले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।