
काठमाडौं, १३ साउन — स्पेनी शहर बार्सिलोनामा एउटा यात्रुवाहक ट्रेन शुक्रवार बफरमा ठोकिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा ५४ जना घाइते भएका छन् ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको आपत्कालीन सेवा विभागले जनाएको छ ।
बफरसँग जोडले ठोकिन पुग्दा ट्रेनको अघिल्लो भाग कुच्चिएको थियो र धातुको एक पत्र नै उक्किएको थियो ।
चालकसहित २० जना घाइतेलाई अस्पताल लगिएको र प्यारोमेडिकहरूले अन्यलाई प्लेटफर्ममै उपचार गरेको आपत्कालीन सेवाले जनाएको छ ।
ट्रेन दुर्घटना हुँदा धेरैजसो यात्रु ओर्लनका लागि उभिरहेका स्थानीय पत्रिकाले जनाएको छ ।
ट्रेन सान्त भिचेन्च डी काल्डर्स गाउँबाट बार्सिलोना आइरहेको थियो ।
सरकारी रेलवे कम्पनी अदिफले घटनाको अनुसन्धान शुरु भएको बताएको छ ।
एजेन्सी