२४ जेठ २०८३, आइतबार

चर्चित अभिनेता श्रीकृष्णको निधनको ८ वर्ष पूरा

चर्चित अभिनेता श्रीकृष्णको निधनको ८ वर्ष पूरा

नेपाली चलचित्रका चर्चित र कुशल अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको ८ वर्ष पूरा भएको छ ।

२०७१ साउन २५ गते उपचारका क्रममा भारतको दिल्लीमा ४५ वर्षको उमेरमा उनको निधन भएको थियो ।

उनको निधनको कारण बोन क्यान्सर थियो । सो समय हलमा उनीद्वारा निर्मित एवं अभिनित चलचित्र ‘कोहिनूर’ प्रदर्शन भएको थियो । उनको असामयिक निधनको खबरले सिंगो चलचित्र क्षेत्र र दर्शकहरू स्तब्ध भएका थिए । 

श्रेष्ठ चलचित्र क्षेत्रमा मिलनसार अभिनेताका रूपमा चिनिन्थे । त्यसैले पनि चलचित्रकर्मीहरूले उनलाई हरदम सम्झिरहेको पाइन्छ । विशेषगरी पारिवारिक चलचित्रमार्फत उनी दर्शकलाई रुवाउन सफल मानिन्थे ।

सोही कारण दर्शकहरूको मनमा बसेका अभिनेता थिए श्रेष्ठ । श्रीकृष्णले अभिनय गरेका थुप्रै चलचित्रले ५१ र १०० दिन मनाउन सफल छन् । 

आफन्त, आफ्नो मान्छे, सुखदुःख, ए मेरो हजुर, हामी तीन भाइ, पाहुना, कहाँ भेटिएला जस्ता चलचित्रहरू आज पनि दर्शकको मनमा बसेका छन् । श्रेष्ठको भौतिक शरीर नभएपछि उनका चलचित्र र उनको अभिनयको छाप भने दर्शकमाझ ताजै बनेर बसिरहेका छन् ।

आज उनको निधनको ८ पूरा हुँदा चलचित्रकर्मीहरू एवं दर्शकहरुले श्रेष्ठलाई स्मरण गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्