असोज ९, २०८०
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा दर्ता ...
प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।
संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एकचौथाइ सांसद हुनुपर्ने व्यवस्था भए पनि संख्या नपुगेपछि स्थगित भएको हो ।
बैठकमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको ‘शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेका थिए ।
विधेयकमाथिको छलफलमा उठेका विषयमा मन्त्री राईले विधेयकको उद्देश्य शहरी क्षेत्र र काठमाडौंको यातायात यात्रुमैत्री बनाउने रहेको बताए । उपत्यकामा संघ, प्रदेश र स्थानीय तह तीनै तहबाट स्वीकृति लिएका गाडी गुड्ने तर तिनका बीच आपसमा समन्वय नभएकाले व्यवस्थित बनाउन विधेयक ल्याइएको उनको भनाइ छ ।
प्राधिकरणमा बढी जनसंख्या भएका स्थानीय तहका प्रमुखले नेतृत्व लिने र जोडिएका पालिकाका प्रतिनिधिलगायत सहभागी हुने व्यवस्था रहेको उनले उल्लेख गरे । विदेशी संस्थाबाट पैसा लिने भए पनि प्रचलित कानूनलाई पालना गरेर मात्रै पैसा लिन सकिने उनको भनाइ छ ।
संशोधनकर्ता सांसद प्रेम सुवालले विधेयकले शहर मात्रै नभएर ग्रामीण क्षेत्रको यातायात र काठमाडौं उपत्यका मात्रै नभएर देशभरको सवारीसाधनको हेर्नुपर्ने र परिषद् सचिवभन्दा मन्त्रीको अध्यक्षतामा गठन हुनुपर्नेमा जोड दिए । संशोधनकर्ता वृन्दा पाण्डेका तर्फबाट छलफलमा सहभागी हुँदै सांसद् विनाकुमारी श्रेष्ठले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात अस्तव्यस्त भइरहेकाले अबका दिनमा सुधार हुने अपेक्षा गरिएको बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा दर्ता ...
अभियन्ता ‘ई’काे धर्नामा ऐक्यबद्धता जनाइरहेका फुटपाथ व्यवसायीहरू काठमाडौं महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृहको अगाडि सुतेका छन् । ‘ई’को आन्दोलन बुधवार पनि समर्थन जनाउँद...
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीयता कार्यान्वयनका लागि सरकारले काम गरिरहेक...
नेकपा एमाले कर्णाली प्रदेश अधिवेशन बुधवार सुर्खेतको वीरेन्द्रनगरमा शुरू हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । बिहान ११ बजे नै शुरू हुने भनिएको अधिवेशन दिउँसो २...
नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा भोलि बिहान ८ बजेदेखि निर्वाचनका कार्यक्रम शुरू हुने भएका छन् । बन्दसत्रबाट प्रतिवेदन पारित भएपछि अब भोलिका लागि निर्वाचन कार्यक्रम तय भएको निर्वाच...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन्। नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आज आयोजना गरेको ‘निजी क्षेत्रसँग एमाले’ विषय...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...