×

X
Nic Asia
Marvel
Khukuri

द्रुतमार्ग यथाशक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता छ : प्रधानमन्त्री

काठमाडाैं | साउन २५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ तराई–मधेस द्रुतमार्ग सडक आयोजना यथाशक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८र०७९ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तराईलाई राजधानीसँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक आयोजनाको काम छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए । 

DHARA
LAxmi BAnk

“सेनाको उच्च कार्यसम्पादन क्षमतालाई मध्यनजर गर्दै काठमाडौँ–तराई–मधेस द्रुतमार्ग जस्तो राष्ट्रिय गौरवको योजनासमेत नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने गरी अघि बढाइएको छ”, बैठकमा प्रधानमन्त्री देउवाले भने, “देशको दक्षिणी नाका एवं तराईलाई राजधानीसँग छोटो दूरीबाट जोड्ने द्रुतमार्ग निर्माणलाई जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता छ ।” बैठकमा प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षमा थप प्रगति हासिल गर्ने गरी काम गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन पनि दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

रक्षा मन्त्रालय मुलुकको प्रतिरक्षा जस्तो संवेदनशील र जिम्मेवारी बोकेको मन्त्रालय भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र एकता जस्ता महत्वपूर्ण विषय यस मन्त्रालयको कार्यक्षेत्र रहेको बताए । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थललाई तीव्रता दिइएको छ ।  ५ अर्ब रुपैयाँको गुरुयोजना बनाई साल्मेडाँडामा ९ वर्षदेखि निर्माणकार्यलार्ई तीव्रता दिन लागिएको जानकारी...

असोज १६, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँले हातहतियार बुझाउन आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सूचना जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र...

असोज १६, २०७९

लालझाडी गाउँपालिकाको चन्दापुरका किसान खेर गएका प्लाष्टिका गिलासको सदुपयोग गरी उखुको आँख्ला राख्दै । उखुको आँख्ला निकालेर गिलासमा मलसँगै राखेर विरुवा तयार गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

असोज १५, २०७९

उदयपुरको त्रियुगा नगपालिका–१ स्थित जोगिदहको सिमलटार र मोथ्याइ बीचमा निर्माण हुन गइरहेको सगरमाथा क्षेत्रको नै महत्वपूर्ण सगरमाथा हवाई मैदान निर्माणका लागि वन क्षेत्रमा सर्भे गरिएका रूख कटान थालिएको छ । ...

असोज १६, २०७९

झापाको कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन् । शनिवार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुक...

असोज १६, २०७९

अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेको अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् । सन्धिखर्क–९ अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर बाँदर मरेका स्थानीय बलराम रायमाझीले बताए । ...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x