×

NMB BANK
NIC ASIA

नेपाली चलचित्रको दुर्दशा

वैशाखयताका दर्जन बढी नेपाली फिल्म फ्लप, ‘कबड्डी ४’बाहेकले किन तान्न सकेनन् दर्शक ?

साउन २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

वैशाखयता एक दर्जनभन्दा बढी नेपाली चलचित्र प्रदर्शनमा आइसकेका छन् । 

Muktinath Bank

वैशाख १ गते झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आयो । चलचित्रले लगानी त उठायो, तर निकै सकसका साथ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि, हलहरूले नेपाली चलचित्रबाट उल्लेख्य व्यापारका लागि भने ‘कबड्डी– ४’ नै कुर्नुपर्‍यो । 


Advertisment
Nabil box
Kumari

‘ए मेरो हजुर ४’ पछि वैशाख १६ गते चलचित्र ‘मन्त्र’ प्रदर्शनमा आयो । सौगात मल्ल अभिनित यस चलचित्रको व्यापार भने निकै कमजोर रह्यो ।

Vianet communication
Laxmi Bank

वैशाख २३ मा दुईवटा नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आए, ‘लक्का जवान’ र ‘षट्कोण’ ।

शिवहरि पौड्यालको डेब्यू निर्देशकीय मल्टिस्टारर चलचित्र ‘लक्का जवान’ र कार्म, भोलाराज सापकोटालगायत अभिनित ‘षट्कोण’ गरी दुवै चलचित्र हलमा टिक्न सकेनन् । 

जेठ ६ मा प्रदर्शनमा आएको चलचित्र ‘लाइभ इन एलए’लाई दर्शकले चासो दिएनन् ।

चलचित्र प्रदर्शनमा आएको–उत्रिएको दर्शकले पत्तोसमेत पाएनन् । त्यसपश्चात प्रदर्शनमा आएको हो, रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४’ । 

दयाहाङ राई, सौगात मल्ल, मिरुना मगरलगायतको अभिनय रहेको मल्टिस्टारर चलचित्र हेर्न हलमा दर्शकको निकै भीड लाग्यो ।

अन्ततः नेपाली चलचित्रको इतिहासमा हालसम्मकै सर्वाधिक व्यापारको रेकर्ड बनायो, ‘कबड्डी ४’ ले ।

चलचित्रले ‘छक्का पञ्जा’को नाममा रहेको सर्वाधिक व्यापारको रेकर्ड ‘ब्रेक’ गरेको हो । ‘कबड्डी ४’ले नेपाली हलबाट २३ करोड बढीको व्यापार गरेको वितरक गोविन्द शाहीको दाबी छ ।

आधा दर्जन बढी हलमा ५१ दिन मनाएको चलचित्र गत सातासम्म पनि हलमा प्रदर्शनमा थियो । 

‘कबड्डी ४’ पछि चलेनन् नेपाली चलचित्र 

‘कबड्डी–४’ हेर्न हलमा दर्शकको भीड देखिएसँगै वितरक एवं समग्र चलचित्रकर्मीहरूको मुहारमा आशाको किरण देखिएको थियो । तर, त्यो आशा त्यतिबेला ‘निराशा’मा परिणत भयो, जतिबेला आशा गरिएको चलचित्र हेर्न हलमा दर्शकको खडेरी देखियो । 

‘कबड्डी ४’पछि थुप्रै नेपाली चलचित्र प्रदर्शनमा आइसकेका छन् । तर, आशा गरिएका चलचित्रले समेत लगानी उठाउन सकिरहेका छैनन् । चाबहिलमा रहेको ‘एफक्यूब सिनेमाज’का प्रबन्ध निर्देशक रामहरि कोइराला ‘कबड्डी–४’ पछि कुनै पनि चलचित्र राम्रोसँग चल्न नसकेको बताउँछन् ।

‘यतिबेला नेपाली चलचित्रमा त दर्शक छैनन् नै, हिन्दी र अंग्रेजी चलचित्रहरूमा पनि दर्शकहरू छैनन्,’ उनले लोकान्तरसँग भने, ‘कबड्डी ४ पछि कुनै पनि चलचित्र चलेका छैनन् । अधिकांश चलचित्रलाई एक हप्ता धान्न पनि गाह्रो छ ।’

चलचित्र हेर्ने दर्शकको खडेरी नै लागेको देखेर आफूहरू नै अचम्ममा रहेको उनी बताउँछन् । 

अपेक्षा गरिएको चलचित्रमा पर्दथ्यो, ‘चिसो मान्छे’ । मन छुने चलचित्र बनाउने दीपेन्द्र के. खनाल जस्तो निर्देशकद्वारा निर्देशित, स्वस्तिमा खड्का र अर्पण थापाजस्ता कलाकारहरू अभिनित चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको थियो । अफसोस, असार ३ देखि प्रदर्शनमा आएको चलचित्रको व्यापार सोचेभन्दा उल्टो अर्थात ‘निराशाजनक’ रह्यो । 

असार १० गते सौगात मल्ल र सलोन बस्नेत अभिनित ‘घनचक्कर’ प्रदर्शनमा आयो । चलचित्रले न राम्रो समीक्षा पाउन सक्यो, न हलमा दर्शकहरू नै तान्न सक्यो । 

असार १७ मा ३ दर्जन बढी नेपाली हलहरूमा भोजपुरी चलचित्र ‘रण’ प्रदर्शनमा आयो । यो चलचित्र हलमा दुई दिन पनि टिक्न सकेन । असार २४ मा अर्को आशा गरिएको चलचित्र ‘दोख’ प्रदर्शनमा आयो । ‘रंगमञ्चका गुरू’ मानिने अनुप बराल निर्देशित उक्त चलचित्रले पनि दर्शकलाई हलसम्म तान्न सकेन । 

असार ३१ मा पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित ‘सम्झना बिर्सना’ र केकी अधिकारी अभिनित ‘सिल्ली फो’ प्रदर्शन भयो । यी दुवै चलचित्र दर्शकको खडेरीका कारण केही दिनमै हलबाट उत्रिए । साउन १३ मा निकै आशा गरिएको चलचित्र ‘पानीफोटो’ प्रदर्शन भयो । 

खगेन्द्र लामिछाने निर्देशित पहिलो चलचित्र भएका कारण पनि ‘पानीफोटो’माथि धेरैको अपेक्षा थियो । तर, यस चलचित्रले पनि गतिलो व्यापार गर्न सकेन ।

चलचित्रका लेखक एवं अभिनेता समेत रहेका लामिछानेले चलचित्रले सोचेजस्तो व्यापार गर्न नसकेको स्वीकार गरे ।  उनले लोकान्तरसँग भने, ‘हेर्ने दर्शकहरूलाई मनपर्‍यो, तर हलतिर सोचेजस्तो माहोल बनाउन सकेन ।’ 

गत शुक्रवारदेखि दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । नयाँ चलचित्र ‘म’ र यसअघि दुईपटक प्रदर्शन भैसकेको ‘चपली हाइट ३’ हेर्ने दर्शकहरूको संख्या निकै कम छ । धेरै हलबाट यी चलचित्र उत्रिसकेका छन् ।

किन चलिरहेका छैनन् चलचित्र ?

एकपछि अर्को चलचित्र असफल हुँदा प्रदर्शनको तयारीमा रहेका चलचित्रका निर्माता एवं निर्देशक सशंकित छन् । भदौ १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘झिंगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजा अहिले चलचित्र उद्योग अप्ठ्यारो परिस्थितिमा रहेको बताउँछन् ।

‘मौलिक चलचित्र बनायो, चलिरहेको छैन । कमर्सियल चलचित्र बनायो, त्यो पनि चलिरहेको छैन । दर्शकसँग हामी कनेक्ट नै भइरहेका छैनौं । दर्शकको भावना बुझ्न सकिरहेका छैनौं,’ देउजा भन्छन् ‘हामीले बनाएको चलचित्र, हाम्रो कुरासँग दर्शकहरू किन कनेक्ट भइरहेका छैनन् ? कसरी दर्शकलाई हलसम्म तान्न सकिन्छ भन्नेमा गम्भीर भएर सोच्नुपर्ने अवस्था छ ।’ 

चलचित्र वितरक करण श्रेष्ठ पछिल्लो समय अपेक्षा अनुसारको व्यापार नभएको स्वीकार गर्छन् । उनी हलमा दर्शकको भीड नलागे पनि फरक खालका चलचित्रहरू रिलिज हुँदा नयाँ दर्शकहरू भने आइरहेको बताउँछन् । उनको बुझाइमा कोरोनाका कारण लामो समय घरमा बसेका दर्शकहरू अहिले गम्भीर खालका चलचित्रहरू हेर्न चाहिरहेका छैनन् ।

‘कोभिडका कारण दर्शकहरू लामो समय पीडामा रहे । त्यसबाट भर्खरै बाहिर आएका उनीहरू यतिबेला रमाउन चाहान्छन्,’ श्रेष्ठले भने, ‘त्यसकारण यतिबेला दर्शकलाई मनोरञ्जन दिने खालका चलचित्र चाहिन्छ । हास्ने, हँसाउने, रमाइलो खालका चलचित्र भए चल्छ ।’

उनी मासलाई मनोरञ्जन दिन सक्ने खालको चलचित्र भयो भने चल्ने धारणा राख्छन् । उनी प्रचारप्रसार अभाव, अफसिजन लगायतको कारण देखाउनु भने भ्रम मात्रै रहेको बताउँछन् । 

आउँदो भदौ ३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी’बाट पनि दर्शकको मनस्थितिबारे थप बुझ्न सकिने बताउँछन् ।

‘गोपिकृष्ण मुभिजजस्तो चलेको ब्यानर हो । चलचित्र रमाइलो पनि छ । सौगात (मल्ल) र सृष्टि (श्रेष्ठ) जस्ता चलेकै कलाकारहरू छन् । चलचित्रको टे«लर हेर्दा रमाइलो छ,’ उनले भने, ‘चलचित्रले एक खालको माहोल क्रिएट गर्‍यो भने त्यसपछि थप समीक्षा गर्न सकिन्छ ।’ 

लेखक, अभिनेता एवं निर्देशक खगेन्द्र लामिछाने पनि दर्शकहरूलाई गम्भीर खालको चलचित्र हेर्ने रुचि नदेखिएको हो कि भन्ने भान भएको सुनाउँछन् ।  

‘आफ्नो तर्फबाट शतप्रतिशत दिएका थियौं । प्रचार–प्रसार पनि फरक तरिकाले राम्रै गरेका थियौं,’ लामिछाने भन्छन्, ‘तर अहिलेको समयमा दर्शकलाई यस्तो खालको चलचित्र हेर्ने त्यति रुचि नभएको जस्तो लाग्छ । उनीहरूले रमाइलो चलचित्र खोजिरहेको जस्तो लाग्यो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x