१६ असार २०८३, मंगलबार

मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

साउन २७, २०७९
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर कम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् । चिकित्सा अनुसन्धानकर्ताहरुको समूह ' बुर्नेट इन्ष्टीच्युड' ले कोरोना भाइरसको फैलावट न्यूनिकरण गर्न मास्कको भूमिकाका बारेमा अनुसन्धान गरेको हो । 

अष्ट्रेलियाको भिक्टोरिया राज्यको सहकार्यमा गरिएको अध्ययनबाट तयार पारिएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ ।   प्रतिवेदनका अनुसार मास्कको प्रयोगले नयाँ सङ्क्रमितको सङ्ख्या २० प्रतिशत र मृतकको सङ्ख्या १४ प्रतिशतले घटेको देखिएको छ ।

उनीहरूले फरक फरक मास्कको प्रयोग र त्यसको प्रभावकारिताका बारेमा भने छुट्टै अध्ययन नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जुनसुकै प्रकारको मास्क लगाएपनि कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन योगदान गरेको देखिएको अध्ययनकर्ताहरूले बताएका छन् । 

यस अध्ययनबाट कुल सङ्क्रमित र अस्पताल भर्ना भएकाहरूको सङ्ख्याको तुलना तथा सम्बन्ध देखाउन सकिने पनि जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्