०५ असार २०८३, शुक्रबार

कुखुराको खोरमा लुकाएको चोरीको काठ बरामद

कुखुराको खोरमा लुकाएको चोरीको काठ बरामद
प्रतिकात्मक तस्वीर

महोत्तरीको सुदूर उत्तरी चुरे काखको बस्तीमा प्रहरीले कुखुराको खोरमा लुकाइ राखिएको चोरी कटानको साल (साखु)को काठ बरामद गरेको छ ।

बर्दिबास नगरपालिका–११ खयरमारा बस्तीका हीरालाल योञ्जनको कुखुराको खोरमा चिरान गरी ३२ वटा कडी बनाइएको ३५.३८ क्यूबीक फिट सालको काठ बरामद गरिएको प्रहरीले जनाएको हो ।

बरामद काठको मूल्य करीब २ लाख रुपैयाँ भएको ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

डिभिजन वन कार्यालय महोत्तरीले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन सुरक्षा सशस्त्र प्रहरीको संयुक्त गस्ती परिचालन गर्न लागिएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्