१० असार २०८३, बुधबार

इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो

इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो
प्रतिकात्मक तस्वीर

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार शनिवार बिहान ९ बजे ट्रक त्रिशूलीमा खसेको हो ।

मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ । घटनाको थप जानकारी आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्