१६ असार २०८३, मंगलबार

‘प्रेमगीत ३’को हिन्दी र नेपाली टिजर रिलिज [टिजरसहित]

‘प्रेमगीत ३’को हिन्दी र नेपाली टिजर रिलिज [टिजरसहित]

चलचित्र ‘प्रेमगीत ३’को हिन्दी र नेपाली टिजर सार्वजनिक भएको छ ।

आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको चलचित्रको शनिवार दुवै भाषाको टिजर सार्वजनिक गरिएको हो । 

झण्डै १ मिनेटको टिजर एक्सनले भरिएको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिष्टिना गुरुङलाई प्राथमिकतामा राखिएको टिजरमा प्रदीप एक्सन अवतारमा प्रस्तुत छन् ।

राजपरिवारमा जन्मिएको प्रेम (प्रदीप खड्का) लाई गीत (क्रिष्टिना गुरुङ) र राजगद्दीमध्ये एउटा रोज्नुपर्ने बाध्यतालाई टिजरमा देखाइएको छ । हिन्दीमा प्रदीपको भागको डबिङ संकेत म्हात्रेले गरेका हुन् । उनले साउथका कैयौं सुपर स्टारको चलचित्रको हिन्दी डबमा आवाज दिइसकेका छन् । उनको बोल्ड आवाजले ‘प्रेमगीत ३’को टिजरलाई थप आकर्षक बनाएको छ । हिउँले भरिएको दृश्य आकर्षक छन् । टिजरले दर्शकको ध्यान तान्ने देखिन्छ ।

यूट्युबमा चलचित्रको हिन्दी डब टिजर आशुसेन फिल्मस्को यूट्युब च्यानलबाट सार्वजनिक भएको छ भने नेपाली टिजर ओएसआर डिजिटलको यूट्युब च्यानलमा हेर्न सकिन्छ ।

स्व. छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गरेको चलचित्रमा प्रदीप र क्रिष्टिनाका अलावा अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘प्रेमगीत ३’बाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रूपमा डेब्यू गरेकी हुन् । सन्तोष सेनले चलचित्रको निर्माण गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्