१६ असार २०८३, मंगलबार

पछिल्लो २४ घण्टामा २६३ जना नयाँ संक्रमित थप, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २६३ जना नयाँ संक्रमित थप, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमबाट २ जनाको मृत्यु भएको छ । शनिवार २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६३ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयले कूल ३ हजार १ सय ६५ नमूना परीक्षण गर्दा उक्त संख्यामा नयाँ संक्रमित थप भएको जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार १ हजार ३ सय ९९ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ६२ र १ हजार ७ सय ६६ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा १ सय १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३४ पुगेको छ । 

संक्रिय संक्रमितमध्ये ५ हजार २ सय २८ जना होम आइसोलसनमा, २ सय ६ जना संस्थागत आइसोलेसन, ६१ जना आईसीयू र ४ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । 

त्यसैगरी विगत २४ घण्टामा ५ सय १ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्