
नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारको भरपरे काठमाडौंका मेयर बालेन साह असफल हुने टिप्पणी गरेका छन् ।
उनले एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रस्ताव लिएर आउन आग्रह गरे ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद भट्टराईले काठमाडौंको फोहर उठाउन सरकारको हुती नभएको टिप्पणी गरेका हुन् ।
‘काठमाडौंमा १४ दिन फोहर नउठेको इतिहास थियो, अहिले ७१ दिन भयो । प्रधानमन्त्रीले कुनै पहल गरेनन्, मन्त्रीहरु बेखबर छन् । बालेनलाई भन्न चाहन्छु–एमालेसँग भिजन र दृष्टिकोण छ, तपाईलाई सहयोग गर्न तयार छ । सरकारको भर परेमा असफल हुनुहुनेछ,’ भट्टराइले भने ।