×

NMB BANK
NIC ASIA

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन

साउन ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौँ नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । संघीय राजधानीमा पाइने अधिकांश स्वास्थ्य सुविधा यही उपलब्ध भएका छन् भने कतिपय राजधानीमा पनि नपाइने स्वास्थ्य सेवा र उपकरण यहाँ उपलब्ध छन् ।
 
सङ्घीय भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पताल, प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालयसहित सबै प्रकृतिका उपचार सेवा यहाँ उपलब्ध छन् । पछिल्लो समय देशैभरिबाट र भारतको सीमावर्ती क्षेत्रबाट समेत यहाँ उपचारका लागि बिरामी आउने गर्दछन् ।
 
यकिन तथ्याङ्क नभए पनि वार्षिक २० लाखभन्दा बढीले यहाँका अस्पतालबाट उपचार लिने गरेको अनुमान गरिन्छ । यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य पर्यटन क्षेत्रमा पनि देखिएको छ । रु एक अर्बसम्म लगानी गरेर निजी अस्पतालले स्तरोन्नति गरिरहेका छन् । यससँगै ठूला औषधि उद्योग यही खुलिरहेका छन् ।
 
भरतपुर महानगर प्रमुख रेनु दाहाल राजधानी काठमाडौँपछि उपचारमा भरतपुर अग्रणी रहेको बताएका छन् ।

Muktinath Bank

पछिल्लो समय ठूलो प्रयासपछि भविष्यमा शिक्षण अस्पताल हुने गरी शिक्षक अस्पताल भरतपुरमा बन्ने निश्चित भएको छ । एक सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ ।
 
उनले भने, “सरकारी स्वास्थ्य संस्था स्थापना, भएकाको स्तरोन्नति र निजी स्वास्थ्य संस्थालाई आवश्यक सहयोग हामीले गरिरहेका छौँ ।” मेडिकल कलेजसँग मिलेर आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ भने भरतपुर अस्पतालमा हेल्प डेस्क सञ्चालनदेखि महिलाका लागि निःशुल्क बहिरङ्ग टिकटको व्यवस्था महानगरले गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यससँगै भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर आँखा अस्पताल, प्राकृतिक चिकित्सालयलगायतको स्तरोन्नतिका लागि महानगरले प्रत्यक्ष सहयोग गरिरहेको छ । महानगरभित्र ४२ स्वास्थ्य केन्द्रसमेत सञ्चालनमा छन् ।
 
चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपाने काठमाडौँमा नहुने उपचार सेवा चितवनमा हुने बताउँछन् । उनले भने, “यहाँ नहुने सेवा काठमाडौँमा हुँदैन ।” उपचारको हिसाबले नेपालमा काठमाडौँभन्दा अगाडि चितवन रहेको दाबी उनको छ ।
 
धेरै उपत्यकाका बिरामी उपचारका लागि आफ्नो मेडिकल कलेजमा आउने गरेको न्यौपानेले बताए । उनले भने, “हाम्रोमा उपचार नहुने बिरामी नेपालमा अन्यत्र केही हुँदैन ।” अङ्ग प्रत्यारोपणमा चर्चा कमाएको यो मेडिकल कलेजले क्यान्सर अस्पतालसमेत सञ्चालन गर्दैछ । भरतपुरमा एउटा सरकारी क्यान्सर अस्पताल रहेकोमा अब थप दुई निजी क्यान्सर अस्पताल सञ्चालनमा आउने तयारीमा छन् ।
 
प्राडा न्यौपानेका भनाइमा स्पेक्टसिटी उपकरणमार्फत न्युक्लियर मेडिसिन, कतिपय रेडियोथेरापी, शल्यक्रिया गरिएका बच्चा राख्ने बाल सघन उपचार कक्ष, सानो आन्द्राको रगत बग्दा गरिने परीक्षणजस्ता धेरै उपचार काठमाडौँमा नभएर चितवनमा मात्रै हुने गरेको छ । यही ढङ्गले विकास हुँदै गर्दा स्वास्थ्यमा भरतपुरले फड्को मार्दै अघि बढ्ने उनको भनाइ छ ।
 
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी स्वास्थ्यमा भरतपुर निकै अगाडि रहेको जनाउँदै अब व्यवस्थापकीय पाटोमा जुट्नुपर्ने बताउँछन् । शक्तिशाली मेडिकल सिटी बोर्ड गठन गर्नुपर्ने, भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने, यहाँका दुई मेडिकल कलेजलाई सरकारी निकायसँग साझेदारी गरी काम लगाउनुपर्ने उनको भनाइ छ ।
 
यससँगै सबैलाई जोडेर मेडिकल विश्वविद्यालयको अवधारणा यहाँ ल्याउनुपर्ने अधिकारी बताउँछन्  । अहिले पनि कतिपय परीक्षणका लागि नमूना भारतलगायतका देशहरुमा पठाउनुपर्ने बाध्यता रहेको जनाउँदै उनले यही उच्चस्तरको परीक्षण प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिए । यहाँ एयर एम्बुलेन्सको सुविधा जरुरी रहेको उनी बताउँछन् । मूल्य र सेवालाई एकरुपता दिनुपर्नेमा अध्यक्ष डा अधिकारीको जोड छ ।  यसले यहाँको स्वास्थ्य पर्यटनमा टेवा पु¥याएको भन्दै व्यवस्थित गर्नुपर्ने बताए ।
 
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने उपचारका क्षेत्रमा पछिल्लो छोटो समयमा फड्को मारेको बताउँछन् । सरकारीसँगै निजी क्षेत्र आक्रामक रुपमा अघि बढेसँगै नेपाली र भारतीय सीमा क्षेत्रका बिरामीले यहाँ सेवा पाएको उनको भनाई छ । सरकारीसँगै निजी क्षेत्रबाट पनि क्यान्सर उपचार हुने भएपछि क्यान्सरका सबै उपचार यही सम्भव हुने उनको भनाइ छ । अहिले अस्पतालले बोनम्यारो प्रत्यारोपणबाहेकका सबै खाले क्यान्सरको उपचार गर्दै आएको छ ।
 
नयाँ प्रविधि र सेवा विस्तार हुँदै गएको उनी बताउँछन् । विगतको तुलनामा यहाँबाट बिरामी रिफर भएर बाहिर जाने क्रम घटेर गएको छ । यद्यपि अस्वस्थ प्रतिस्पर्धाका कारण केही स्वास्थ्य संस्थाले जिल्लामै उपचार हुने भए पनि काठमाडौँ र भारतमा समेत पठाउने गरेका छन् ।  रासस
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x