
बलिउड अभिनेता जोन अब्राहमले नयाँ चलचित्रको घोषणा गरेका छन् ।
भारतको स्वतन्त्रता दिवसको अवसरमा उनले आफ्नो नयाँ चलचित्रको घोषणा गरेका हुन् ।
चलचित्रको नाम ‘तारिक’ रहने बताइएको छ ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ चलचित्रबारे जानकारी दिएका हुन् ।
२०२३ को अगस्ट १५ मा सार्वजनिक गर्नेगरी चलचित्र निर्माण गर्ने बताइएको छ ।
जोन यस चलचित्रमा अभिनयका साथसाथै को–प्रोड्युस समेत गर्नेछन् ।
यस चलचित्रको निर्देशन अरुण गोपालनले गर्ने बताइएको छ ।
चलचित्रको निर्माण जोन अब्राहम, सन्दीप लेजेल र शोभना यादव मिलेर गर्नेछन् ।
चलचित्रको कहानी ललित मराठेले लेखेको बताइएको छ ।