०७ असार २०८३, आइतबार

महिन्द्राले सार्वजनिक गर्दै ५ नयाँ इलेक्ट्रिक एसयुभी, कहिले आउँछ ?

साउन ३१, २०७९
महिन्द्राले सार्वजनिक गर्दै ५ नयाँ इलेक्ट्रिक एसयुभी, कहिले आउँछ ?

महिन्द्रा एण्ड महिन्द्राले ५ नयाँ इलेक्ट्रिक एसयुभी सार्वजनिक गर्ने घोषणा गरेको छ ।

भारतको स्वतन्त्रता दिवसको अवसर परेर कम्पनीले सोमवार ५ नयाँ इलेक्ट्रिक एसयुभी सार्वजनिक गर्ने घोषणा गरेको हो । 

महिन्द्राको नयाँ आइएनजीएलओ प्लेटफर्ममा आधारित इलेक्ट्रिक एसयुभीको दुई अलग अलग सब ब्रान्ड एक्सयूभी.ई. र बीईमा वर्गीकरण गरिएको छ । 

महिन्द्राले ५ नयाँ इलेक्ट्रिक एसयुभीमा एक्सयूभी.ई८, एक्सयुभी.ई९, बीई.०५, बीई.०७ र बीईं०९ समावेश छन् । 

यी एसयुभीमध्ये पहिलो ४ एसयुभीको आगामी ४ वर्षभित्रमा अर्थात २०२४ देखि २०२६ को बीचमा सार्वजनिक गर्ने बताइएको छ । 

कम्पनीले यी कारको लन्डनको एक मेगा शोमा समावेश गरिसकेको छ । 

कम्पनीका अनुसार यी इलेक्ट्रिक कारले ५ देखि ६ सेकेन्डमा ०–१०० किलोमिटरको गति लिन सक्नेछ । 

कम्पनीले इलेक्ट्रिक गाडी सेग्मेन्टमा १ अर्ब भन्दा बढी भारतीय रुपैयाँ बजेट लगानी गर्ने योजना बनाएको बताइएको छ । 

नयाँ एसयुभी आईएनजीएलओ प्लेटफर्ममा बनाइनेछ । 

यसको लम्बाई ४,३६८ एमएमदेखि ४७३५ एमएमको बीच हुने बताइएको छ । 

कम्पनीको अहिलेको एक्सयुभी ७०० को लम्बाई ४६९५ एमएम छ । 
 

salt training

कमेन्ट गर्नुहोस्