२४ जेठ २०८३, आइतबार

पुटिनले गरे पश्चिमको कडा आलोचना

साउन ३१, २०७९
पुटिनले गरे पश्चिमको कडा आलोचना

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी मस्को सम्मेलनमा पश्चिमको कठोर आलोचना गरेका छन् । 

पश्चिमका अभिजातहरूले आफ्नो एकल प्रभुत्व कायम राख्नका लागि कोशिश गरिरहेको चेतावनी उनले दिए । 

कथित संयुक्त पश्चिमले युरोपेली सुरक्षा प्रणालीलाई जानाजान भत्काइरहेको उनको भनाइ छ । युरोपको सुरक्षा बलियो बनाउने बहानामा नेटोलाई पूर्वी युरोपतर्फ विस्तार गर्न उनीहरूले खोजेको पुटिनले बताए । 

अमेरिकाले युक्रेन द्वन्द्वलाई लम्ब्याउन खोजेको र एसिया, अफ्रिका तथा दक्षिण अमेरिकामा द्वन्द्व भड्काउन कोशिश गरिरहेको आरोप पनि पुटिनले लगाए । 

अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले उत्तेजना फैलाउने योजनाका साथ ताइवान भ्रमण गरेको पसटिनको भनाइ छ । एसिया प्रशान्त क्षेत्रलाई अस्थिर बनाउने रणनीतिअन्तर्गत उनको भ्रमण भएको पुटिनले बताए । 

युक्रेनमा पश्चिमले रुसविरोधी परियोजना कार्यान्वयन गरिरहेको पुटिनको दाबी छ । युक्रेनमा फैलिरहेको नवनाजी विचारधारा तथा डोनबास निवासीहरूको सामूहिक हत्याप्रति पश्चिमले आँखा चिम्लेको आरोप उनले लगाए । 

संयुक्त राष्ट्रसंघको बडापत्रमुताबिक विशेष सैन्य कारवाही चलाउने निर्णय लिइएको पुटिनले स्पष्ट पारे । 

विशेष कारवाहीका लक्ष्यहरू स्पष्ट रूपमा परिभाषित गरिएको उनको भनाइ छ । रुस तथा रुसी नागरिकको सुरक्षा सुनिश्चित गर्ने र डोनबासका निवासीहरूको संरक्षण गर्ने लक्ष्य सैनय कारवाहीले लिएको उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्