०६ साउन २०८३, बुधबार

रञ्जु दर्शनाको प्रश्नः युवा संघले काठमाडौंमा उठाएको फोहोर कहाँ बिसर्जन भयो ?

रञ्जु दर्शनाको प्रश्नः युवा संघले काठमाडौंमा उठाएको फोहोर कहाँ बिसर्जन भयो ?

विवेकशील साझा पार्टीकी पूर्व नेत्री रञ्जु दर्शनाले युवासंघले काठमाडौंमा उठाएको भनिएको फोहोर व्यवस्थापनचाहिँ कहाँ भयो भन्दै प्रश्न गरेकी छन् । ‘युवा संघले काठमाडौंको ठाउॅठाउॅबाट फोहोर उठाएर राम्रो काम गरिरहेको छ। त्यो उठाएको फोहोरको बिसर्जन कहॅा भइरहेको छ ? कसैलाई थाहा छ ?’, उनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यमिश्रित प्रश्न गरेकी छन् ।  

काठमाडौं महानगरले नियमित फोहोर फ्याक्ने स्थानमा पुग्न अवरोध भइरहँदा उनीहरूले चाहिॅ फोहोर कता लगे भन्ने उनको प्रश्न छ । 

कमेन्ट गर्नुहोस्