१७ असार २०८३, बुधबार

अपहरित नासु भारतबाट अपहरणमुक्त, अपहरणकारी आफ्नै साथी

कात्तिक २०, २०७४
अपहरित नासु भारतबाट अपहरणमुक्त, अपहरणकारी आफ्नै साथी


महोत्तरी, १४ साउन - जिल्ला मालपोत कार्यालय, महोत्तरीमा कार्यरत नायब सुब्बा रामजी राय सकुशल अपहरणमुक्त भएका छन् ।header

बिहीबार कार्यालयबाट घर सर्लाहीको वेल्हीतर्फ जानेक्रममा बाटोबाट अपहरणमा परेका नायबसुब्बा राय आज भारतको विहार सितामढी जिल्लाअन्तर्गत सोनवर्षा ग्राम पञ्चायतबाट अपहरणमुक्त भएका हुन् ।

अपहरणकारीले रायलाई सोनवर्षास्थित मन्जुर शेखको घरमा राखी घरपरिवारसँग रु २८ लाख माग गरेको र सो दिन नसक्दा रु १० लाख बराबरको कागज गर्न लगाई रायकी श्रीमती द्रौपती रायको नाममा चिठी लेख्न लगाइएको थियो ।

सोही चिठी लिएर पैसा माग्ने क्रममा प्रहरीमा जानकारी प्राप्त भई घटनास्थल पुगेका प्रहरीले अपहरणमा संलग्न सर्लाही वेल्ही गाविसका वीरेन्द्र ठाकुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ठाकुर पक्राउ परेलगत्तै अपहरणमा रहेका यादवलाई भारतीय प्रहरीको सहयोगमा अपहरणमुक्त गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ परेका ठाकुरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, महोत्तरी पठाइएको छ । ठाकुर यसअघि पनि विभिन्न समयमा अपहरण कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ ।

सर्लाहीको धनगाढा माविमा प्राविस्तरका शिक्षक ठाकुरले आर्थिक लोभका कारण मिल्ने साथी रायलाई अपहरण गरेको खुलासा भएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्